भलिवलमा नुवाकोट ग्लोरी प्रथम

– १२ खेलाडि छनौट
लोकखबर
२०८२ माघ १८, आईतवार २३:४१

बिदुर– भलिवल खेलको विकास र विस्तारका लागि नुवाकोटको सुर्यगढीमा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा सन्चालित जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सुर्यगढी गापा –५ स्थित नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलमा सम्पन्न भएको हो ।

प्रतियोगितामा नुवाकोट ग्लोरी प्रथम, सेइ बोर्डिङ द्वितिय र त्रिशूली सामुदायिक वोडिङ स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उत्कृष्ट खेलाडीतर्फ सेइ बोर्डिङका रामशरण राई, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरतर्फ क्रमशः नुवाकोट ग्लोरीका सन्दिप कंडेल, अजय रिजाल र अर्पण ढकालले ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरुमध्ये उत्कृष्ट खेलाडीहरु छनौट गरि आगामी फागुन ६ देखि ललीतपुरमा सञ्चालन हुने वागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा १२ जना खेलाडि सहभागी हुने आयोजक प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

विजेता विद्यालयलाई सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ) ले पुरस्कृत गरे ।  उनले शिक्षा, खेलकुद तथा विभिन्न कार्यमा गापाले विशेष कार्य गरिरहेको वताए । उनले उक्त प्रतियोगिताका लागि सुर्यगढी गापाको तर्फबाट एकलाख रुपैया सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

कार्यक्रममा प्याब्सन नुवाकोटका बरिष्ठ सल्लाहकार विजय श्रेष्ठलगायतका प्याब्सन पदाधिकारी, सदस्यहरुले विता विद्यालयलाई पुरस्कृत गरे । सो प्रतियोगितावाट वागमति प्रदेशस्तरिय प्रतियोगिताका लागि छनौ भएका विद्यार्थी खेलाडिहरुमा सन्दिप कंडेल नुवाकोट ग्लोरी, सुमित तामाङ नुवाकोट ग्लोरी, विकेश बुढा क्षेत्री नुवाकोट ग्लोरी, अर्पण ढकाल नुवाकोट ग्लोरी, अजय रिजाल नुवाकोट ग्लोरी, . रुपेश अधिकारी नुवाकोट ग्लोरी, रुपक कार्की सेइ, रामशरण राई सेइ,  रेशम बस्नेत सेई, निकेश विष्ट सेइ,  दिब्यान उप्रेती सेइ र राजेश कुंवर सेइ रहेका छन् । वैकल्पिकमा विजय तामाङ स्पार्कल इन्टरनेशनल र समीर तामाङ स्पार्कल इन्टरनेशनल रहेका छन् ।


सर्वाधिक रुचाइएको