किस्पाङले जित्यो अध्यक्ष कपको उपाधि
बिदुर– गाउंस्तरवाटै फुटवल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटकाृे तारकेश्वरमा सन्चालित गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । विजेता तथा उपविजेता दुवैले नगद पुरस्कार थापेका छन् । तारकेश्वर सांस्कृतिक तथा खेलकुद विकास मञ्चले आयोजना गरेको तारकेश्वर गापा अध्यक्ष कप फुटबल प्रतियोगितामा विजेता किस्पाङ र उपविजेता सयपत्रि भएको छ ।

प्रथम भएको किस्पाङले २ लाख २ हजार २ सय र उपविजेता सयपत्रिले एकलाख एकहजार एकसय रुपैया नगद पुरस्कार पाएको छ । ’विकासको सारथीः जागृत र सशक्त युवा’ भन्ने नाराका साथ तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा यहि माघ ६ गतेदेखि तारकेश्वर गापा १ जब्बरेचौरस्थित खेलकुद रङ्गशालामा सम्पन्न प्रतियोगिताकोे फाइनल खेलमा किस्पाङ युवा क्लबले सयपत्रि युवा क्लब निग्लेनीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि उचालेको हो । विजेता, उपविजेता दुवैलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामातामाङले नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्र्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका शिवालय युवा क्लब तारुका र न्यु भिजन युवा क्लब देवीघाटले पनि नगद २५ हजारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरस्कृत गर्दै पूर्व मुख्यमन्त्री लामाले ग्रामीण भेगमा आयोजित प्रतियोगिताले खेलाडिहरुको प्रतिभा उजागर हुने वताए । उनले आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको यात्रा अघि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले उक्त क्षेत्रको विकास र खेल प्रवद्र्धनमा गापाले विशेष काम गर्दै आएको वताए । उनले् विकासका सारथी युवाहरुको एकता र जागररुकताका लागि खेलकुद महत्वपूर्ण माध्यम भएकोसमेत वताए । खेलकुदको विकास, व्यावसायीकरण र खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सबै मिलेर काम गर्नुपर्नेमा अध्यक्ष अधिकारीले जोड दिए । खेलकुदलाई पर्यटनसँग जोडेर गाउँको खेलकुदमा महत्वपूर्ण योगदान पुगेको उनले वताए ।

अध्यक्ष अधिकारीले क्षेत्र खेल पर्यटनको विकासमा पनि आफूले उत्तिकै चासोका साथ काम गरिरहेको बताए । उनले खेलकुद युवाहरूको मनोरञ्जनको मात्रै नभई तन्दुरुस्ती, एकता र जागरणको प्रतिक भएकाले पनि खेलकुदको विकास स्थानीय सरकारको विशेष प्राथमिकतामा परेको बताए ।

अध्यक्ष अधिकारीले खेलकुदको विकासका लागि तारकेश्वरमा खेलाडिले ’धुलोमा नभई दुबोमा खेलाउने’ अभियान अन्तर्गत जव्बरे चौरमा आधुनिक खेलकुद रङ्गशाला निर्माण गरिएको वताए । उक्त खेल मैदानमा जिल्लास्तरिय मात्रै नभई अव प्रदेशस्तरिय खेलसमेत गराइने अध्यक्ष अधिकारीको योजना रहेको छ ।



















































