ट्रिपरको ठक्करले युवतीको ज्यान गयो
बिदुर– नुवाकोटसंगै जोडिएको रसुवाको कालिकास्थानमा मंगलवार राती दुर्घटना भएको छ । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
कालिका गाउंपालिका २ लामाटोलमा मंगलवार राती गुडिरहेको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिदा रसुवाको नौकुण्ड गापा २ की २० वर्षिया योमाया नेकोरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मोटरसाइकल चालक सामान्य घाइते रहेका छन् ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिपर फरार रहेको र खोजी भइरहेको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलको पछाडि यात्रारत योमाया गम्भीर घाइते भएकोमा उनलाई उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो ।
मोटरसाइकल नौकुण्ड गापा १ का २१ वर्षिय युवराज तामाङने हाकेका थिए । दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।












































