स्वास्थ्यचौकीलाई आधुनिक उपकरण प्रदान

– मेयरले गरे हस्तान्तरण
लोकखबर
२०८२ माघ २३, शुक्रबार १६:०५

बिदुर– ग्रामीणवासीको स्वास्थ्य सुरक्षाका लागि नुवाकोटको पुर्वी भेगमा रहेको कुमरीमा आधुनिक स्वास्थ्य उपकरणहरु प्रदान गरिएको छ । यसवाट गाउंवासीलाई सुविधा पुगेको छ ।

वेलकोटगढी नगरपालिका ३ कुमरीस्थित कुमरी स्वास्थ चौकीमा विरामीहरुको उपचार सुविधाका लागि एक थान अल्ट्रासाउण्ड मेसिन प्रदान गरिएको छ । वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले सांढे चारलाख रुपैयाको एक थान अल्ट्रासाउण्ड मेसिन र सांढे तीन लाख रुपैया वरावरको औषधि प्रदान गरेका हुन् ।

स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमकावीच मेयर गुरुङले आधुनिक स्वास्थ्य उपकरण र औषधिहरु हस्तान्तरण गरेका हुन् । उनले आवस्यकता अनुसार अन्य स्वास्थ्य चौकीहरुमासमेत स्वास्थ्य उपकरणहरु प्रदान गरिने वताए ।


सर्वाधिक रुचाइएको