हिमाली भेगमासमेत एकैदिन चुनाव हुन्छः गृहमन्त्रि अर्याल
बिदुर– गृहमन्त्री ओमप्रकाश अर्यालले हिमाली भेगमा समेत एकैदिन चुनाव हुने दावी गरेका छन् । अहिलेको सरकार चुनावी सरकार भएको कारण देशमा एकैपटक निर्वाचन हुने वताए । निर्वाचनको अवस्थाका सम्वन्धमा स्थलगत जानकारी लिनका लागि शनिवार नुवाकोटको विदुरमा सरोकारवाला निकायसंग अन्र्तक्रिया गर्दै गृहमन्त्रि अर्यालले मौसमको प्रतिकुलता र सुरक्षाका कारण कुनै पनि हालतमा आगामी फागुन २१ गते चुनाव भएरै छाड्ने दावी गरे ।

उनले मौसमविद्हरुले उक्त मितिमा मौसमका सुधार आउने वताइरहेका कारण हिमाली भेगमासमेत एकै दिन चुनाव हुने वताए । उनले कैदीवन्दी भागेको, अझै पनि कतिपय हतियार सवै नर्फकाइएको र मौसम प्रतिकुलता तथा शान्ति सुरक्षाको वहानामा चुनाव नविथोलिने वताए । उनले अहिलेको सरकारले पहिलेको भन्दा निष्पक्ष र शानितपुर्ण रुपमा निर्वाचन गराउनेसमेत गृहमन्त्रि अर्यालले दावी गरे ।

नुवाकोटको विदुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पुगेर गृहमन्त्रि अर्यालले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन अहिलेको चुनावी सरकारले स्वतन्त्र, निष्पक्ष, धांधलीरहित गराउने र यसको तयारी स्वरुप आफु निर्वाचन अवस्थाको सम्वन्धमा भौतिक अवस्थासहित स्थलगत निरीक्षणमा आएको वताए । उनको साथमा गृहसचिव राजकुमार श्रेष्ठलगायतका उच्च सरकारी अधिकारीसमेत स्थलगत अनुगमनमा रहेका थिए । गृहमन्त्रि अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न नुवाकोटका सुरक्षा निकायका सवै संरचनाहरूलाई निर्देशनसमेत दिएका छन् ।

निर्वाचनमा कोही कसैले पैसा वांढेको, धाधली भयो भनेको, मतदाताले निर्भिकतापुर्वक मत खसाल्न नपाएको, अशक्त तथा वृद्धवृद्धाहरुको मत एउटालाई दिने इच्छा हुदाहुदै सहयोगीले अर्कैलाई मतदान गरिदिएकोलगायतको गुनासो नै नआउने गरि निर्वाचन सरकारले गर्ने गृहमन्त्रि अर्यालको प्रतिवद्धता रहेको छ । यस निर्वाचनमा कुनै पनि अतिवादी प्रवृत्ति तथा भ्रामक सूचनालाई निरुत्साहित गर्ने सरकारले योजना रहेको गृहमन्त्रि अर्यालले वताए । कतिपय कैदीवन्दी अझै पनि फरार रहेकोमा ढिलोचांडो उनीहरु पक्राउ पर्ने वताए ।

गृहमन्त्रि अर्यालले नुवाकोटमा सामाजिक सन्जाललगायत विभिन्न अवस्थाको निर्वाचन आचारसंहितको अनुगमन सुरु गरिएकोमा जिल्ला आचारसंहिता अनुगमन समितिको प्रशंसा गरे । उनले नुवाकोटवाट सुरु गरिएको सकारात्मक अभियान दशैभर प्रमोट गरिनेसमेत वताए र अझै पनि गायव रहेको केहि हतियार खोजीमा सरकार रहेको वताए । मौसम र यहि कारणले चुनाव नविथोलिने उनले वताए ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरोकारवाला निकायलाई थप प्रभावकारी बनाउनेसमेत वताए । निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने उनले वताए । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्नसमेत उनले निर्देशन दिएका छन् । निर्वाचनका लागि खटिएका सुरक्षा निकाय तथा निर्वाचन प्रहरीसंग पनि गृहमन्त्रि अर्यालले संक्षिप्त अन्र्तक्रिया गरे ।

गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ गरिएको दावी गरेका छन् । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिदै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको दावी गरेका छन् । प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र निर्वाचन गराउनु पर्ने र अहिलेको सरकार चुनावी रहेका कारण चुनाव गराएरै छाड्ने वताए ।

वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले सवै ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रीत छ । मतदातालाई निर्भिक भएर मतदानमा सहभागी हुन गृहमन्त्रि अर्यालले अनुरोध गरेका छन् । देशभर निर्वाचनको वातावरण उचित बनेको बताउँदै गृहमन्त्री अर्यालले मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए ।

मौसम र सुरक्षाका कारण चुनाव नरोकिने वताए । गृहमन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन ‘हाइअलर्ट’मा रही काम गर्न पनि नुवाकोटका सुरक्षा निकायलाई निर्देशन दिए । निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिको मजवुतीको बारे समेत गृहमन्त्रि अर्यालले निर्देशन दिए ।

गृहमन्त्रि ओमप्रकाश अर्यालसहितको सुरक्षा अधिकारीको टोली शनिवार प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीसम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा नुवाकोटको विदुरमा आएका हुन् । निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो ।

यसक्रममा गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत तथा नुवाकोटका न्यायाधिष कोमलप्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे टोलीलाई जानकारी गराएका छन् । उक्त बैठकमा जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस्तै, बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो । गृहमन्त्री अर्यालसहितको टोलीले निर्वाचनको तयारी द्रुत गतीमा भइरहेकोसमेत वताएका छन् ।



















































