बजार अनुगमनमा अखाद्य वस्तु नष्ट
बिदुर– दैनिक उपभोगय वस्तुको गुणस्तरियताका सम्वन्धमा गुनासो आएपछि नुवाकोटको विभिन्न वजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रमाम अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

जिल्ला बजार अनुगमन नुवाकोटद्वारा नुवाकोटको विदुर नगरपालिका २ स्थित नुवाकोटको विदुर र बट्टार बजारमा सञ्चलित विभिन्न वाणिज्य फर्महरुमा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न आठ वटा पसल तथा व्यवसायमा अनुगमन गरिएको कार्यालय प्रमुख सीताराम घिमिरेले जानकारी दिए ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी, उद्योग तथा वाणिज्य तथा खाद्य प्रविधि डिभिजन कार्यालय नुवाकोटको संयुक्त टोलीले गरेको अनुगमनमा तीन वटा पसलहरुवाट म्याद गुज्रेका सामग्रीहरु जफत गरि नष्ट गरेको छ । म्याद गुज्रेका १० हजार ५० रुपैया वरावरको विभिन्न सात प्रकारका आखाद्य वस्तुहरु नष्ट गरिएको अनुगमन समितिका सदस्य सचिवसमेत रहेका उद्योग कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश पसललाई मापदण्ड अनुसार सन्चालन गर्न टोलीले निर्देशन दिएको छ । साथै लेभलिङ नभएको सामान बेच्न नहुने, मुल्यसुचि अद्यावधिक गर्ने, म्याद नाघेका सामग्री समयमै हटाउने, सरसफाईमा ध्यान दिने, म्याद नाघेका सामग्री समयमै हटाउने, बिल उपलब्ध गराउनु पर्ने, दर्ता प्रमाणपत्र देखाउनुपर्ने, म्याद गुज्रेका सामग्री हटाउनुपर्ने, साइनबोर्ड/मुल्यसुचि सवैले देख्ने गरि राख्नुपर्नेलगायतका निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

दैनिक उपभोग्य सामग्रीका सामग्री विक्री गर्ने पसलहरुमा अनुगमन गरिएको जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले वताए । आम उपभोक्ताले भने प्रत्येक एक अर्थात दुई/दुई महिनामा बजार अनुगमन गरिनुपर्ने माग गर्दै आएका छन् ।

















































