चलचित्र विकास र पर्यटन वोर्डवीच सहकार्य

– ‘नेपाललाई अन्र्तराष्ट्रिय चलचित्र छायांकनको गनतव्य वनाइने’
लोकखवर मनोरन्जन संवाददाता
२०८२ माघ २९, बिहीबार २३:२३

बिदुर– चलचित्र क्षेत्रबाट नेपाललाई अन्र्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने सामूहिक लक्ष्यसहित चलचित्र विकास वोर्ड र नेपाल पर्यटन वोर्डवीच सहकार्य भएको छ । नेपाललाई ‘अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले सहकार्य सुरु गरेका हुन् । जसका लागि तयार गरिएको आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार सन् २०२६ मा तय भएको कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धि प्रवर्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ । नेपाललाई ‘अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित दुवै बोर्डवीच सहकार्य सुरु भएको हो ।

सहमति पत्रमा छायांकन गन्तव्यसहित फिल्म पर्यटन प्रवर्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्ने रहेका छन् । कार्यक्रममा चलचित्र विकास वोर्ड सदस्य सन्तोष लोहनी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर वलामी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतका चलचित्रकर्मीहरु, दुवै वोर्डका अधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । चलचित्र पर्यटनले स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने र कम परिचित स्थानलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

नेपाललाई ‘विश्वस्तरको चलचित्र छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित गरिएको हस्ताक्षर पत्रमा छायांकन गन्तव्यसहित फिल्म पर्यटन प्रवर्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्नेलगायत उल्लेख गरिएका छन् । दुवै वोर्डवीचको सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन गुरुयोजनासहितको समन्वयको एउटा महत्वपुर्ण ढोका खोलेको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले वताए ।

विश्वभर लोकप्रिय बन्दै गएको ‘फिल्म पर्यटन’ लाई नेपालमा संस्थागत रूपमा विकास गर्ने लक्ष्यका साथ दुई निकायले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ्नेपाललाई अन्तर्राष्ट्रिय फिल्मिङ गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने, फिल्ममार्फत देखिएका थलोलाई पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्न दुबै पक्ष तयार रहेको जनाएका छन् । फिल्म पर्यटनमार्फत कम परिचित प्राकृतिक र सांस्कृतिक सम्पदायुक्त स्थानलाई पनि अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने विश्वास गरिएको छ ।

फिल्ममा देखिएका लोकेसन अवलोकन गर्न आउने पर्यटकमार्फत स्थानीय होटेल, यातायात, गाइड तथा साना व्यवसाय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको जनाइएको छ । यस कार्यले नेपालमा चलचित्र छायांकनको लागि विदेशी चलचित्रकर्मीको गन्तव्य हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको