बालेनको नुवाकोटमा डेढ घण्टा
बिदुर– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रिका रुपमा प्रस्तुत गरेका बालेन्द्र शाह (बालेन) ले शुक्रवार नुवाकोटमा डेड घण्टा विताए । आकस्मिक रुपमा नुवाकोट आउने जानकारी पाएर विदुरलगायतका वजारमा जुटेका बालेनका समर्थकहरुले उनको मन्तव्य भने सुन्न पाएनन् । काठमाडौवाट नुवाकोट प्रवेशको लागि छोटो दुरीको टोखा–छहरे–गंगटे सडकमार्गमा आफैं गाडी हाकेर आएका वालेनले छहरे, ढिकुरे, वट्टारमा सनरुफयुक्त गाडीमा माथिबाट फुत्त फुत्त देखिएर आफ्नो दलको चुनाव चिन्ह घण्टी वजाउंदै बा१६च ५००० नम्वरको टोयोटा गाडीमा हुइकिए ।

उनको मन्तव्य सुन्नका लागि बट्टार वजारमा जुटेका कार्यकर्ताहरु जव निरास भए, उनी गाडीवाट नओर्लि हात हल्लाउंदै र घण्टी वजाउंदै त्रिदेशिय मार्गको देवीघाट–गल्छी हुदै धादिङतर्फ हुईकिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट सभापति रामेश्वर गजुरेलले वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) शुक्रवार निकै व्यवस्ताका वावजुद नुवाकोट आउनुभएको र थप समय नभएका कारण जनतामाझ केहि कुराहरु राख्न नपाएको वताए । गजुरेलका अनुसार वालेन शुक्रवारै नुवाकोटवाट धादिङ हुदै गोरखा पुगेका छन् ।

आसन्न चुनावी सन्दर्भमा देश दौडाहामा रहेका बालेन शिवपुरी–छहरे मार्ग हुँदै नुवाकोटकोे विदुर पुगेर फर्किएका हुन् । उनलाई सो दलका रसुवाका नेता कार्यकर्ताले आफ्नो जिल्लामा आउने आशा गरेपनि वालेन रसुवा भने गएनन् । सडकमार्गमा रहेका रास्वपा नेता–कार्यकर्ताहरूले घण्टी बजाउँदै वालेनको स्वागत र नाराजुलुश गरेका थिए । बालेनले गाडीभित्रैबाट हात हल्लाउंदै र घण्टी बजाउँदै सर्वसाधारणलाई अभिवादन गरेका थिए ।

बालेनलाई रास्वपाका उम्मेदवारहरु विक्रम तिमिल्सिना, अच्युतम लामिछानलगायतका नेता, कार्यकर्ताले स्वागत गरेका थिए । रास्वपाका नेता कार्यकर्ताहरुले छहरे बजारबाट नै मोटरसाईकलमा ¥याली गरेर नुवाकोटको वट्टार हुदै विदुर ल्याएका थिए । उनको साथमा चर्चित हास्य कलाकार अर्जुन घिमिरे पाँडेसहितका सहयोगी साथमा थिए ।

वालेन गाडीमा धादिङ हिडेपछि नुवाकोटमा उपस्थित समर्थकहरुलाई रास्वपाका उम्मेदवारद्वयले सम्बोधन गरेका थिए । काठमाडौको मेयर हुंदा चर्चामा रहेका बालेन यसपटकको निर्वाचनमा झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि पुर्व प्रधानमन्त्रि तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीसँग प्रतिस्पर्धा गर्दै उम्मेदवारी दिएपछि झनै चर्चामा छन् । उक्त क्षेत्रमा एमाले अध्यक्ष ओली तथा रास्वपाका वरिष्ठ नेता बालेनवीचको प्रतिस्पर्धा यतिखेर रोचकसमेत वनेको छ ।













































