वडाध्यक्षसहितका युवाहरु एमाले प्रवेश

– एमाले उम्मेदवार मैनालीद्वारा स्वागत
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन ४, सोमबार ०१:०५

बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको पुर्वसन्ध्यामा नुवाकोटको निर्वाचित वडाध्यक्षसहितका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।  दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङसहितका युवाहरु आइतवार नेकपा परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।

गत स्थानीय तह निर्वाचनमा तामाङ तत्कालीन माओवादीका तर्फवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी आफ्ना समर्थकसहित एमाले प्रवेश गरेका हुन् । उनले “युवा समुदायसंग परिचित तथा जेनजी पुरस्ताको भावनालाई समेटेर काम गर्न सक्ने र सामाजिक रुपमा स्पष्ट उद्धेश्य भएका एमाले उम्मेदवार बद्री मैनालीलाई अवको समर्थन रहेका कारण एमाले प्रवेश गरेको” वताए ।

उनले जनताको दल एमाले भएको निष्कर्शसहित नेकपा छाडेर एमाले रोजेको पनि बताएका छन् ।  अबको निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनालीलाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको वताउंदै तामाङले अवको परिवर्तको नेतृत्व एमाले उम्मेदवार वद्री मैनालीले गर्ने ठहरसहित आफुलगायतका साथीहरु एमाले प्रवेश गरेको वताए । उनले अव एमालेले नुवाकोटवाट नेतृत्व गर्नेसमेत वताए ।

नेकपाका नेता तथा वडाध्यक्ष तामाङलगायतका युवाहरुलाई एमाले प्रवेश गराउंदै एमाले नुवाकोटका अध्यक्ष तथा नुवाकोट १ का उम्मेदवार वद्री मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै स्वागत गरेका छन् । मैनालीले अव आफुले युवा तथा जेनजी पुस्तालगायत सवैको भावना तथा मागलाई कदर गर्दै परिवर्तन र विकास गर्ने प्रतिवद्धता जनाए ।  ५४ वर्षिय वडाध्यक्ष तामाङसँगै दुप्चेश्वरबाट जेनजी पुस्ताका राजेश तामाङलगायत युवाहरुसमेत एमाले प्रवेश गरेका छन् ।

यससंगै एमालेबाट नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार रहेका मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको संख्या बढिरहेको एमाले सचिवालय सदस्य दीपक कार्कीको भनाई छ । कार्कीले यसअघि नेपाली कांग्रेस र नेकपाबाट पनि कार्यकर्ता एमाले प्रवेश गरेका थिए । ककनी गाउँपालिकामा ‘जेनजी अभियान’मा सहभागी युवाहरुले अन्य पार्टीभन्दा एमाले जनपक्षिय र स्पष्ट उद्धेश्य भएकोे उल्लेख गर्दै नुवाकोटको विकासका लागि मैनाली नेतृत्वदायीका साथै नयाँ र काम गर्ने अनुहार भएको भन्दै एमाले रोजेका थिए ।

एमाले प्रवेश गरेका वडाध्यक्ष तामाङले दुप्चेश्वरलगायत क्षेत्रमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन् ।  तामाङले आफ्ना समर्थक र कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको वताए ।  ‘एमालेका उम्मेदवार बद्री मैनालीलाई जिताउने आधार भएर म बहालवाला वडा वडाध्यक्ष समेत एमाले प्रबेश गरेको हुँ । मैनालीले जित्नु भनेको नुवाकोटको जनता जित्नु हो, नुवाकोटे जनताको प्रतिनिधि बद्री मैनाली वनाउनोत्र हो,’ तामाङले अगाडि भने ।

एमाले उम्मेदवार मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको संख्या एक हजार नाघेको क्षेत्रिय अध्यक्ष सुशीलकुमार खड्काको भनाई छ । उनले देशमा सुधारका कार्यहरु गरिरहेको एमालेप्रति जनताको विस्वास वढ्दै गएको वताए ।


सर्वाधिक रुचाइएको