जनताका सामग्री पत्रकारितामा आवस्यक

– जिम्मेवार तथा विस्वसनियतामा जोड
लोकखबर
२०८२ फाल्गुन ५, मंगलवार ००:०९

बिदुर– आधुनिक समय तथा प्रविधिको पहुंच रहेको अहिलेको अवस्थामा जिम्मेवार र विस्वसनीय पत्रकारिता हुनुपर्ने नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा निष्कर्श निकालिएको छ । पत्रकारितालाइ विश्वसनीय र नागरिकको अपेक्षा अनुरुपको समाचार प्रस्तुतीवाटै आम पाठकले विस्वास गर्ने ठहर गरिएको छ । पत्रकारिता र नागरिकबीचको दूरी घटाई यस क्षेत्रमा देखिएका चुनौतीहरुको सामना गर्न खोजी गरिने उपायहरुको बारेमा सम्पादक समाजले नुवाकोटको विदुरमा छलफल गरेको हो ।

अन्तक्र्रियाको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले पत्रकारितामा जिम्मेवारी, पारदर्शिता र नवीनतम प्रविधिको प्रयोगमार्फत नागरिकसँग नजिक पुग्न सक्ने रणनीति बनाउनुपर्ने वताए । उनले पत्रकारिता नै जनताको ऐना भएको कारण यो सधैं सफा हुनुपर्ने वताए ।

नागरिकको अपेक्षा अनुसारको जिम्मेवार पत्रकारिता विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । सोही परिवेशमा तोया गौतमले कार्यपत्र प्रस्तुत गर्दै समाचार सामग्री जनताको चाहना अनुसार तयार हुनुपर्नेमा त्यसो हुन नसक्दा मूलधारको पत्रकारिताले विभिन्न चुनौतीहरु सामना गर्नुपरेको वताए । सञ्चारक्षेत्रले बदलिँदो परिस्थिति अनुसार आफ्ना सञ्चार सामग्रीहरु समय सापेक्ष परिमार्जन अनिवार्य भएको सरोकारवालो बताएका छन् ।

पत्रकारले आचार संहिता पालन गर्नुका साथै चुनौती र आर्थिक संकटलाई समेत सामना गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड थियो । मिडियाले प्रविधिको प्रभावकारी प्रयोग गर्दै पाठक प्रतिक्रिया संकलन गर्नुपपर्ने गौतमको कार्यपत्रमा उल्लेख छ । कार्यक्रममा सहभागी पत्रकारहरूले मिडियामा देखिएका समस्याबारे खुल्ला अन्र्तक्रिया गरिएको थियो ।

सहभागीहरुले धेरै मिडियाले नागरिकको वास्तविक आवाज समेट्न नसकेको र मिडियाकर्मीले आफू अनुकुलका सामग्री पस्कँदा नागरिकमा अरुची बढेको तर्क गरेका छन् । समाचार झन निर्वाचनको समयमा त प्रायः दलगत पक्षधरको दृष्टिले प्रस्तुत भइरहेको सहभागीहरुको धारणा थियो । उनीहरुले खोजी पत्रकारिता र फिचर समाचार लेख्ने अभ्यास पछिल्लो पुस्तामा हराउँदै गएको र नयाँ पत्रकार उत्पादन हुनै नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

उपभोक्ता अधिकारकर्मी विष्णुप्रसाद सापकोटाले नुवाकोटका मिडिया र मिडियाकर्मीलाई कुन दलको सन्चारमाध्यम हो भनेर ट्याग लगाइदिने गर्दा निष्पक्ष लेख्नेहरु पनि यसको सिकार हुनुपरेको बताए । कार्यक्रममा पत्रकारहरु नवराज चालिसे,सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसाल, उपाध्यक्ष जुनारबाबु बस्नेत, महासचिव श्यामकाजी डोटेललगायत सामाजिक सञ्जाल र पत्रकारिता छुट्ट्याउन नसक्ने अवस्था आएकाले यसको चिरफार गर्नुपर्ने बताएका थिए ।

सहभागीहरुले मिडियाले प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिँदै सम्पादक समाज यस्ता तालिम सञ्चालन गर्न तयार रहेको धारणा राखे । अहिले सामाजिक सञ्जालमा समाचारमुलक विषय राख्न थालिएकोमा यसले वास्तविक मिडियाको प्रतिनिधित्व नगर्ने सहभागीहरुले वताए । उनीहरुले आधिकारिक सन्चारमाध्यम नै जिम्मेवार पत्रकारिताको माध्यम भएका वताए ।

कार्यक्रममा समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले सरकारका निकायबाट भएका कमजोरीका बारेमा सरकारि संचार माध्यमले समाचार प्रवाह गर्दा त्यस्ता निकायले सुधार गर्ने अवसर पाउने उल्लेख गरे । समाजका महासचिव श्याम डोटेलले संचारमा आएको उन्नत प्रविधि र प्रविधिको प्रयोग गर्दा प्रवृत्तिलाई गलत हुनुबाट जोगिन र समाचारलाई भाइरल गराउदा त्यसको महत्व घट्न नदिनेतर्फ सजग हुन आग्रह गरे ।

समाजका संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाललगायत विभिन्न क्षेत्रका सहभागीहरुले पत्रकारिताको वर्तमान अवस्थानका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।


सर्वाधिक रुचाइएको