स्थानीय तहसंग निर्वाचन अन्र्तक्रिया

– सुरक्षा प्रभावकारिता मजवुत वनाइने
लोकखबर
२०८२ फाल्गुन ५, मंगलवार ००:१७

बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा निकायले नुवाकोटका स्थानीय तहसंग अन्र्तक्रिया गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र अवस्थाको सम्वन्धमा विभिन्न स्थानीयतहसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको अन्र्तक्रिया गरिएको हो । यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी नुवाकोटका स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिसंग सुरक्षा निकायका पदाधिकारीहरु सहितको वृहत अन्र्तक्रियासहितको कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम विदुर नपा, वेलकोटगढी नपा, शिवपुरी गापा, सुर्यगढी, म्यागङ, किस्पाङ, पन्चकन्या, तादी, दुप्चेश्वर र लिखु गापामा सम्पन्न भइसकेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उक्त कार्यक्रम ककनी र तारकेश्वर गापामा वांकी रहेकोमा केहि दिनमा गरिसकिने प्रजिअ रेग्मीले वताए । वेलकोटगढी नपाको कार्यालय वाघखोरमा सोमवार आयोजित उक्त कार्यक्रममा नपाका मेयर जगवहादुर गुरुङले आसन्न निर्वाचनमा स्वच्छ, सभ्य, मर्यादित र निष्पक्ष वनाउन वेलकोटगढी नपाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आगामी निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागी वेलकोटगढी नपाको तर्फबाट पूर्ण रुपमा सहयोग, समन्वय र सहकार्य गर्नेलगायतका निर्णयहरु गरिएका छन् । कार्यक्रममा उक्त नपाका विभिन्न जनप्रतिनिधि, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत, सशस्त्र प्रहरी बल १९ नं गुल्मका प्रमुख गंगा केसी, अन्य सुरक्षा निकायका प्रतिनिधिसहित विभिन्न वडाध्यक्षहरुसहित सरोकारवालाहरुले निर्वाचनलाई सम्पन्न गर्ने दायित्व स्थानीय तह तथा जनप्रतिनिधिहरुको भएकोसमेत वताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा वेलकोटगढी नपामा निर्वाचन सुरक्षा तथा आचारसंहिता पालना सम्बन्धि वृहत अन्र्तक्रियामा यहि फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारी तथा सुरक्षाको अवस्थाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथां प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्दै सरोकारवाला पक्षबाट पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।


सर्वाधिक रुचाइएको