एक महिनामा आठ दुर्घटना
– एक जनाको मृत्यु, ११ जना घाइते, सांढे दुई लाख जरिवाना संकलन
बिदुर– एक महिनाको अवधिमा नुवाकोटमा विभिन्न आठवटा दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।
चालु आवको माघ महिनामा जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लामा विभिन्न आठ वटा दुर्घटना हुंदा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको जनाएको छ । दुर्घटनामा १३ वटा यातायातका साधन संलग्न रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनाको कारण मादक पदार्थ सेवन, तिव्र गति, सडकको अवस्थो कारण रहेको विश्लेशण गरिएको छ । सोही अवधिमा यातायातको साधन चेकिंङको क्रममा गरिएको दुई सय ६२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ ।
ति सवारी साधनलाई कारवाही गर्दा दुई लाख ६१ हजार रुपैया राजश्व संकलन गरिएको डिएसपि लामाले वताए । माघ महिनामा विपद व्यवस्थापन तर्फ दुइवटा आगलागीका घटना भएका थिए ।












































