बट्टारमा बाराही मन्दिर निर्माण

– प्राण प्रतिष्ठासहित उद्घाटन
लोकखबर
२०८२ फाल्गुन १०, आईतवार २३:५१

बिदुर– नुवाकोटको मुख्य बट्टारवजारमा बाराही मन्दिरको निर्माण गरिएको छ । मन्दिरको कार्यक्रमका वीच आइतवार उद्घाटन गरिएको छ ।

विदुर नपा २ बट्टारमा नवनिर्मित वाराही मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले बिदुर नपाले धार्मिक पर्यटकिय गन्त्व्यको योजना अनुसार अगाडि वढिरहेको वताए ।

उपमेयर प्रभा बोगटीले सामाजिक विकासमा स्थानीयवासीले गरेको योगदानको प्रशंसा गरिन् । कुल ६ रोपनी क्षेत्रफलमा विविध संरचनासहित बाराही मन्दिरको निर्माण गरि विद्यिपुर्वक पुजाआजा र प्राणप्रतिष्ठा गरि उद्घाटन गरिएको बाराही मन्दिर संरक्षण समितिका अध्यक्ष शैलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त मन्दिरमा प्रत्येक शनिवार र मंगलवारका साथै वैशाख पुर्णिमाको दिन, नवरात्रको समयमा विशेष मेला लाग्ने गरेको छ । बागमति प्रदेश सरकार, बिदुर नपा, विदुर २ वडा, स्थानीय समिति, सर्वसाधारणको आर्थिक सहयोगसमेत गरि कुल एक करोड ३७ लाख रुपैयाको लागतमा बाराही मन्दिरलगायतको संरचनाको निर्माण गरिएको बिदुर २ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए ।


सर्वाधिक रुचाइएको