जिल्लास्तरिय टी२० क्रिकेट सुरु
बिदुर– क्रिकेट खेलको विकास र विस्तारका लागि नुवाकोटमा जिल्लास्तरिय टी२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा रणभुवनेश्वरी मावि विजयी भएको छ ।

नुवाकोट क्रिकेट संघको आयोजनामा १३ औं नुवाकोट जिल्ला विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा रणभुवनेश्वरी मावि देवीघाट दुई विकेटले बिजयी भएको छ ।

बिदुर नपा ५ लामिवगैचास्थित खेल मैदानमा सन्चालित प्रतियोगिताको संघका अध्यक्ष दुर्गाराज पाठकले एम्पायरलाई क्रिकेट वल हस्तान्तरण गरेर उद्घाटन गरे । उनले खेल गतिविधिका कारण संघ सदैव क्रियाशील रहेकोसमेत वताए ।

उद्घाटन खेलमा पहलिे टस जितेर व्याटिङ गरेको निरन्जना माविले २० ओभर खेलेर नौ विकेटको क्षतिमा एकसय ६ रन वनायो । एकसय सात रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङ गरेको रणभुवनेश्वरीले १६ दशमलव पांच ओभरमै आठ विकेटको क्षतिमा विजय लक्ष्य पार ग¥यो ।

व्याटिङतर्फ निरन्जनाका सुजन सुनारले ४५ रन, दिपेश रिमालले १८ र दिप्सन रिमालले १२ रनको योगदान दिए । फागुन १९ गतेसम्म सन्चालन हुने प्रतियोगितामा नुवाकोटकका विभिन्न पांच विद्यालयको सहभागिता रहेको आयोजक संघका सचिव करण खतिवडाले जानकारी दिए ।












































