मादक पदार्थ विक्रीवितरणमा रोक

– मतगणना नभएसम्म विक्रिवितरण तथा सेवनमा निषेध
लोकखबर
२०८२ फाल्गुन १६, शनिबार ०१:११

बिदुर– निर्वाचनको समयमा नुवाकोटमा मादक पदार्थ सेवन तथा विक्रिवितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निर्वाचन अवधिभर मादक पदार्थ विक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइद्वारा जारी विशेष सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहि फागुन १४ गतेदेखि अन्तिम मत परिणाम सार्वजनिक नभएसम्मका लागि नुवाकोटभर मादक पदार्थ विक्रिवितरण तथा सेवनमा रोक लगाइएको हो । निर्णय विपरित गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने सहायक प्रजिअ हुमागाइले वताए ।

उनले निर्वाचनसंग सम्वन्धि कानून तथा मादक पदार्थ मदिरा नियन्त्रण सम्वन्धि कानून, निर्वाचन आयोग ऐन, मदिरा ऐन, निर्वाचन सुरक्षा तथा सजाय ऐन अन्र्तगत जिल्ला प्रशासनले सो निर्णय गरेको हो । रोक लगाइएको अवधिमा मादक पदार्थ सेवन तथा विक्रिवितरण गरेको पाइएमा कारवाही हुने जनाइएको छ ।


सर्वाधिक रुचाइएको