एमालेको बट्टारमा चुनावी सभा

– कामको मुल्यांकन गर्न मतदातालाई अनुरोध
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन १७, आईतवार ०३:१५

बिदुर– नुवाकोटको बट्टारवजारमा नेकपा एमालेले चुनावी सभा गरेको छ । चुनावी सभामा वक्ताहरुले विगतको कामको स्मरण गरेर मुल्यांकनसहित मतदान गर्न अनुरोध गरेका छन् ।  विदुर नगरपालिका ४ बट्टारमा शनिवार आयोजित चुनावी सभामा नुवाकोट २ मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेलाई समर्थन गर्दै नेपाली कम्युनिष्ठ पार्टी र नेपाल परिवार दलबाट विभिन्न नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई पुर्वमन्त्रि तथा पुर्व राजदुत महेन्द्रवहादुर पाण्डे, उम्मेदवार तथा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डे, अर्का केन्द्रीय सदस्य विन्दा ढुंगाना, पुर्व सांसद नारायणप्रसाद खतिवडालगायतले स्वागत गरे ।  सभामा सहभागी सर्वसाधारण मतदातालाई सम्बोधन गर्दै एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य केशवराज पाण्डेले सवै समुदायको प्रतिनिधित्व गर्ने दल नै एमाले भएको दावी गर्दै  वास्तविक जेनजीको भावना कदर गर्ने पार्टी पनि एमाले नै भएको वताए ।

जनतामाझ मत माग्दै जांदा मतदाताको साथ, समर्थन वढिरहेको वताउंदै पाण्डेले विगतमा एमालेले गरेका विकास र परिवर्तनको मुल्यांकन गर्नसमेत आम मतदाताहरुलाई अनुरोध गरे ।  पाण्डेले आफू वागमती प्रदेश सरकारको मन्त्री रहदा  विकास निर्माणमा योगदान गरेको र जनताको वास्तविक प्रतिनिधि आफु रहेको बताए । उनले थप वांकी कार्यहरुसमेत पुरा गर्नका लागि आम मतदाताले आफुलाई साथ दिने वताए ।

सो चुनावी सभामा नेताहरुले नेपाली कम्युनिष्ठ पार्टीबाट सन्तोष बोगटी, आश्विन खड्का, दिपेन्द्र पुडासैनी, अजय बस्नेत, प्रभात बोगटी अनिश भुजेल, निषान थापा, मनिष तामाङ, सुवास घले र लक्की घलेलाई खादा लगाएर एमालेमा स्वागत गरे ।  त्यस्तै नेपाल परिवार दलबाट कुबेर कुमाल, गणेश कुमाल, मीनकुमार कुमाल, राजकुमार कुमाल, रामबाबु कुमाल, राजु कुमाल, हरे राई, भीमशेन कुमाल, सञ्जय कुमाल, मिलन कुमाल, देवकुमार कुमाल, फुलमाया कुमाल, सुन्दर कुमाल, रामजी कुमाल र हरी श्रेष्ठलगायत युवाहरू एमाले प्रवेश गरेका हुन् ।

 

 


सर्वाधिक रुचाइएको