नुवाकोटमा तीन हजार अस्थायी मतदाता
बिदुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको नुवाकोटमा तयारी तिव्र पारिएको छ । यही फागुन २१ गते विहीवारकोे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहाडि संरचना रहेको नुवाकोटमा झण्डै तीन हजार जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ । नुवाकोटमा रहेका सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकायलगायत दुईहजार नौसय ५६ जनाले अस्थायी मतदाताअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने प्रावधान रहेको जिल्ला निर्वाचन कायाृलय नुवाकोटले जनाएको छ ।
अस्थायी मतदाता रहेकाहरुले समानुपातिक प्रणाली अन्र्तगतको मतदान गर्न पाउंछन् । बिदुर नगरपालिका ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार नुवाकोटमा एक मात्र अस्थायी मतखान केन्द्र कायम गरिएको छ । त्याह एकसय ४२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरको भनाई छ ।

वांकी अस्थायी नामावलीमा नाम समावेश रहेका कर्मचारीहरुले जुन केन्द्रमा खटिएका छन्, सोही केन्द्रवाट मतदान गर्ने जनाएको छ । निर्वाचनको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था रहेको थापामगरको भनाई छ । निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता सङ्ख्या दुईलाख ४७ हजार आठसय ६८ जना रहेका छन् ।
महिला एकलाख १८ हजार नौसय ७५ जना, तीन जना अन्य र वांकी पुरुष रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नुवाकोटका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्रसहितका सामग्रीहरु सुरक्षित रुपमा सामान लिएर आआफ्नो मतदान स्थलमा खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट मतदानका लागि चाहिने मतपत्रसहित ४८ प्रकारका आवश्यक सामग्री बुझेर भपाईसहित रुजु गरी मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरू आ–आफ्ना मतदान केन्द्रमा जाने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।












































