जालपादेवीले जित्यो जिल्लास्तरिय क्रिकेटको उपाधि
बिदुर – क्रिकेट खेलको विकास र विस्तारका लागि नुवाकोटमा सन्चालित जिल्लास्तरिय टी२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि जालपादेवी वोर्डिङ स्कुलले जितेको छ ।

नुवाकोट क्रिकेट संघको आयोजनामा सन्चालित १३ औ जिल्लाव्यापी अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा जलापादेवी (जेडि) बोर्डिङ स्कुल चार विकेटले विजयी भएको हो । फाइनल खृलमा पहिले व्याटिङ गरेको गणेश भ्यु स्कुलले १६ दशमलव २ ओभरमा १० विकेट गुमाउंदै ७१ रन वनाएको थियो ।

जवाफमा जेडी वोर्डिङले १० दशमलव एक ओभरमा ६ विकेटको क्षतिमा सजिलै विजय लक्ष्य पार गरेको हो । उक्त प्रतियोगितामा नटआउट २७ वलमा २१ रनको योगदान दिएका जोहन जेके म्यान अफ दि म्याचले पुरस्कृत भएका छन् ।
बिदुर नपा ५ लामिवगैचास्थित खेल मैदानमा सन्चालित प्रतियोगिताको विजेता तथा उयपविजेतालाई विदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे । उनले खेल गतिविधिका कारण विदुर नपा सदैव क्रियाशील रहेकोसमेत वताए ।

उनले विदुर नपाले खेल पर्यटनलाई प्रमुखता दिएकोसमेत वताए । प्रतियोगितामा नुवाकोटका विभिन्न पांच विद्यालयको सहभागिता रहेको थियो ।


















































