नुवाकोट १ मा कांग्रेसका डा.महत अगाडि

– रास्वपाका तिमिल्सिनालाई पारे पछाडि
लोकखबर
२०८२ फाल्गुन २३, शनिबार २३:०१

बिदुर – देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको क्षेत्र नं. १ को मतगणना जारी रहेको छ । शुक्रवार विहानदेखि सो क्षेत्रको मतगणना कार्य जारी रहदा प्रारम्भिक अग्रता लिएका रास्वपाका उम्मेदवारलाई कांग्रेसका उम्मेदवारले शनिवार वेलुकीदेखि पछाडि पारेका हुन् ।

नुवाकोट १ को प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा शनिवार राती सांढे १० वजेसम्म कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले नौ हजार पांचसय ५३ मतहसहित अग्रस्थानमा रहेका छन् । शनिवार दिउंसोसम्म रास्वपाका डा. विक्रम तिमिल्सिना अगाडि रहेकामा कांग्रेसका महतले उनलाई पछाडि पारेका हुन् ।

उक्त क्षेत्रमा रास्वापाका उम्मेदवार तिमिल्सिनाले आठहजार आठसय ७१ मत पाएर डा. महतलाई पछ्याइरहेका छन् । कांग्रेसका महतको मत तिमिल्सिनाको भन्दा ६ सय ८२ अगाडि रहेका छन् ।

नेकपाका हितवहादुर तामाङले सातहजार आठसय २१ र नेकपा एमालेका वद्री मैनालीले चारहजार ७ सय ५३ मत प्राप्त गरेका छन् । उज्यालो नेपालका अमित तामाङले एकहजार तीनसय ७१ मत पाएका छन् ।

राप्रपाका विमल थापाले तीनसय तीन मत पाएका छन् । उक्त क्षेत्रमा शुक्रवार विहादेखि मतगणना कार्य भइरहेको छ । खरानीटारस्थित तादी गापा भवनमा क्षेत्र नं. १ को मतगणना कार्य जारी रहेको छ । मतगणना कार्य एकैसाथ दुई स्थानबाट गरिएको छ ।

नुवाकोट १ मा एकलाख २३ हजार नौसय २९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटका कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।


सर्वाधिक रुचाइएको