नुवाकोट १ मा रास्वपाका तिमिल्सिना अगाडि

-पछ्याउंदै कांग्रेसका डा. महत
लोकखबर
२०८२ फाल्गुन २४, आईतवार ०८:१३

बिदुर -देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको क्षेत्र नं. १ को मतगणना जारी रहेको छ । तीन दिनदेखि सो क्षेत्रको मतगणना कार्य जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेका छन् । प्रारम्भिक अग्रता लिएका रास्वपाका उम्मेदवारलाई कांग्रेसका उम्मेदवारले शनिवार वेलुकीदेखि पछाडि पारेपनि आइतवार विहानदेखिको मत विवतरण अनुसार पुन रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानका पुगेका हुन् ।

नुवाकोट १ मा रास्वपाका डा तिमिल्सिनाले अग्रता थप फराकिलो बनाएका हुन् । उनले एकहजार चारसय ३७ मतको अग्रता लिएका हुन् । आइतवार विहान सांढे आठ वजेसम्मको मतगणना परिणामा अनुसार डा तिमल्सिनाले तीन पूर्वमन्त्रीहरुलाई पछाडि पार्दै १३ हजार ६ सय ३२ मत प्राप्त गरेका हुन् । दोस्रोमा रहेका नेपाली कांग्रेसका डा प्रकाशशरण महतलले १२ हजार एकसय ९५ मत प्राप्त गरेका छन् ।

नेकपाका हितबहादुर तमाङले नौहजार तीनसय ७४ मत प्राप्त गरेका हुन् । नेकपा एमालेका बद्री मैनालीले पांचहजार आठसय ३२ मत प्राप्त गरेका छन् । उज्यालो नेपालका अमित तामाङले एकहजार पांचसय ३९ मत पाएका छन् । राप्रपाका विमल थापाले चारसय एक मत पाएका छन् । उक्त क्षेत्रमा शुक्रवार विहादेखि मतगणना कार्य भइरहेको छ ।

हालसम्म ककनी, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय खरानीटार नुवाकोटले जनाएको छ । लिखु गाउँपालिकाको मतगण्ना कार्य भइरहेको छ । सूर्यगढी र शिवपुरी गापाको मतगणना पुरै वांकी रहेको छ । खरानीटारस्थित तादी गापा भवनमा क्षेत्र नं. १ को मतगणना कार्य जारी रहेको छ ।

मतगणना कार्य एकैसाथ दुई स्थानबाट गरिएको छ । नुवाकोट १ मा एकलाख २३ हजार नौसय २९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोट २ मा रास्वपाका डा. अचुतम लामिछाने विजयी भइसकेका छन् । नुवाकोटका कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।


सर्वाधिक रुचाइएको