मैनाली र पाण्डेले वुझाए निर्वाचन खर्च विवरण

– मैनालीको २२ र पाण्डेको २८ लाख खर्च 
लोकखबर
२०८२ चैत्र ५, बिहीबार २३:४३

बिदुर – प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी नुवाकोटका दुई जना उम्मेदवारहरुले विहिवार निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । गत फागुन २१ गतेको निर्वाचनमा नुवाकोट १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनाली र २ का केशवराज पाण्डेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।  मैनालीले निर्वाचन अयोगलाई वुझाएको विवरणमा २२ लाख ४३ हजार र पाण्डेले २८ लाख ५० हजार रुपैया खर्च भएको उल्लेख छ ।

निर्वाचन आयोगसमक्ष पेश गरेको विवरण अनुसार एमालेका उम्मेदवार बद्री मैनालीले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नुवाकोट १ मा गरेको चुनावी खर्च विवरण अनुसार कुल २२ लाख ४३ हजार रुपैयाँ खर्च गरेका छन् । मैनालीले गरेको खर्चको विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार निर्वाचन  आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण प्रस्तुत  गरिएकोे वताएका छन् ।

उक्त विवरणमा उम्मेदवार दर्ता शुल्कदेखि लिएर आमसभा, घरदैलो तथा सञ्चार माध्यममार्फत गरिएको प्रचारप्रसाललगायत १० वटा शिर्षकमा खर्च समेटिएको छ । सबैभन्दा बढी रकम कोण सभा र ¥याली, प्रचार सामग्री, सवारी साधन तथा आमसभा व्यवस्थापनमा खर्च भएको देखिएको छ । खर्च विवरण अनुसार नमूना मतपत्र, प्रतिबद्धता पत्र, मतदाता नामावली खरिद तथा प्रिन्टमा पनि खर्च गरिएको छ ।

 

यसका साथै घरदैलो कार्यक्रम र आईटी (सामाजिक सञ्जाल) मार्फत गरिएको प्रचारमा उल्लेख्य रकम खर्च भएको छ । निर्वाचन आचारसंहिता अनुरूप खर्च विवरण पेश गरिएको मैनालीले उल्लेख गरेका छन् ।  बद्री मैनाली २०७९ सालमा पनि नुवाकोट १ मा निर्वाचनमा उम्मेदवार भई निकटतम प्रतिस्र्धी भएका थिए ।  यस निर्वाचनमा पनि उनी प्रतिस्पर्धामा उत्रिएका थिए ।

 

यता, नुवाकोट २ मा एमालेका उम्मेदवार केशवराज पाण्डेले २८ लाख ५० हजार रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ । पाण्डेका प्रतिनिधि शिवकुमार चित्रकारार्फत पेश गरिएको निर्वाचन खर्च विवरणमा विभिन्न व्यक्ति तथा शुभेच्छुकहरुवाट कुल २९ लाख ५० हजार रुपैया सहयोग स्वरुप आम्दानी भएको उल्लेख गरिएको छ ।

 

सवैभन्दा वढि सवारी साधनमा आठलाख ७५ हजार रुपैया र सवैभदा कम १० हजार उम्मेदवार मनोनयन शुल्क खर्च भएको विवरणमा उल्लेख छ । यसका साथै विभिन्न १० वटा शिर्षकमा खर्च भएको जिल्ला तथा प्रदेश निर्वाचन कार्यालय तथा निर्वाचन आयोगमा विहीवार वुझाइएको निर्वाचन खर्च विवरणमा जनाइएको छ ।

 


सर्वाधिक रुचाइएको