एआई फिल्म मेकिङ प्रशिक्षण

– सहभागीहरुलाई प्रमाणपत्र प्रदान
लोकखवर मनोरन्जन संवाददाता
२०८२ चैत्र ११, बुधबार ०१:०१

बिदुर- चलचित्रमा आधुनिक विद्यिका लागि सन्चालित एआई फिल्ममेकिङ तालिम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको दुई दिने एआई फिल्ममेकिङ तालिम सम्पन्न भएको हो । आधुनिक प्रविधिमार्फत नेपाली चलचित्रलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा एकसय ५१ जना चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो ।

तालिमको सहभागीहरुलाई वोर्डका अध्यक्ष दिनेश डिसीले प्रमाणपत्र प्रदान गरे । नेपाल एआई फिल्म अलायन्सको सहकार्यमा सम्पन्न तालिममा सहभागीहरूले एआई प्रयोग गरेर स्क्रिफ्टदेखि दृश्यसम्मको आधुनिक फिल्म निर्माण प्रक्रिया सिकेका छन् । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ, ड्रोन संघका अध्यक्ष राजभाई सुवाल, एभिएसएन अध्यक्ष विपिन स्थापित, कलाकार कामेश्वर चौरसिया, गजित विष्टलगायतको सहभागिता रहेको थियो ।

तालिमको समापन गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागीहरूको उच्च उत्साहलाई मध्यनजर गर्दै थप ३ दिने एड्भान्स एआई फिल्ममेकिङ कक्षा सञ्चालन गरिने घोषणा गरे । उनले यो केवल तालिम होइन, नेपाली चलचित्रको डिजिटल भविष्य निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै नेपाली फिल्म उद्योगलाई आधुनिक प्रविधिमा दक्ष, सक्षम र ग्लोबल प्रतिस्पर्धी बनाउन यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमाणपत्र वितरण समारोहमा विशिष्ट कलाकार शिव श्रेष्ठको समेत उपस्थिति रहेको थियो । नेपाली चलचित्र क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि ड्रोन तालिमसमेत सन्चालन गरेको छ ।

१० दिने ड्रोन तालिममा भारतको प्रतिष्ठित वायुरगाथा कम्पनीका सिटिओसहित अन्तर्राष्ट्रिय प्रशिक्षकहरूसँगै नेपालका अनुभवी विज्ञहरूले सिनेमाटिक ड्रोन प्रयोग र एरियल छायांकन सम्बन्धि सीप विकास गराइरहेका छन् । नेपाली चलचित्रको प्रविधिमैत्री अभियानमा गुणस्तरियतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको