दुर्घटनामा चालकसहित दुइ जनाको मृत्यु

– शव त्रिशूली अस्पतालमा
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र १२, बिहीबार ०१:१५

बिदुर- त्रिदेशीय मार्गको त्रिशूली–धुन्चे–रसुवागढी सडकखण्डको भीरमा कन्टेनर दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा चालकसहित दुई जनाको ज्यान गएको छ ।
पासाङलामु सडकमार्गअन्तर्गत रसुवाको कालिका गाउँपालिका १ ग्राङजुङ डाँडाभीरमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना६ख ५४९८ नं को खाली कन्टेनर वुधवार राती दुर्घटनाग्रस्त चालकसहित दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुवै जनाको त्रिशूली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाग्रस्त कन्टेनर सडकमार्गबाट एकसय ५० मिटर तल भीरमा खसेको प्रहरी नायव उपरिक्षक अशोक थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि रसुवाकै कालिका गापा २ का २६ वर्षीय पेम्वाछेवाङ थोक्रा र कन्टेनर चालक कालिका गापा १ राम्चेका ३९ वर्षिय पासाङ तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परि सख्त घाइते भएको दुवै जनालाई उपचारको लागि नुवाकोटको त्रिशूली अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव त्रिशूली अस्पतालको शव गृहमा राखिएको छ ।


सर्वाधिक रुचाइएको