देवीघाटमा दुई पुस्तक बिमोचित
बिदुर– नुवाकोटको प्रसिद्ध देवीघाटमा दुई पुस्तक विमोचित गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको दुई कृतिहरु विमोचित गरिएका हुन् । साहित्यकार श्रीराम श्रेष्ठको विभिन्न कृतिहरुको जानकारीमुलक विषय समेटिएको ३१औँ कृति ‘कृतिसँग संवाद’ तथा जानुका दाहालको पहिलो कृति ‘गर्भको निःश्वास’ कविता सग्रह विदुर नगरपालिका ५ देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा कार्यक्रमका बीच विमोचन गरिएको हो ।

उक्त आश्रममा रहेका वृद्ध बा आमाहरूसँगै बसेर उक्त कृति विमोचन कार्यक्रम गरिएकोे हो । यस कार्यवाट सामाजिक र साहित्यिक भावनालाई जोड्दै विशेष महत्व पाएको छ । कार्यक्रम साहित्यिक माहौलमा सरल, सभ्य र श्रष्टाहरुको समिश्रणका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आआफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यप्रेमी तथा कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, शिक्षाप्रेमी, रामप्रसाद जोशी, शम्भुप्रसाद शर्मा, समाजसेवी रामकृष्ण भट्ट, विष्णुप्रसाद नेपाल, नारायणप्रसाद अधिकारी, ध्रुव ढकाल, अच्युत रिजाल, प्रकाशचन्द्र ढुंगाना, सुरेन्द्र मुडभरी, नारायणमान डंगोल, रामशरण वस्ती, दीपक सिंखडा, रामकृष्ण गजुरेल, भगवती खनाल, रामप्रसाद चालिसेलगायतले साहित्यको महत्वका सम्वन्धमा चर्चा गरेका थिए ।

साथै लेखक श्रीराम श्रेष्ठ र जानुका दाहालले आआफ्नो कृतिका विषयमा धारणा राखेका थिए । सहभागीहरुले ज्येष्ठ नागरिक आश्रममा वृद्ध बाआमाहरुसंगै जीवनका विभिन्न विषयमा अन्र्तक्रियासमेत गरेका थिए ।























































