‘अक्षरमा अनुभूति’ लोकार्पित
बिदुर – नुवाकोटको बेलकोटगढीकी रचयिताको साहित्य सिर्जना प्रकाशित भएको छ । साहित्यक कार्यक्रमकावीच कृतिको लोकार्पण गरिएको छ । वेलकोटकी नपा वेलकोटकी रचयिता इन्दिरा रेग्मीद्वारा लिखित कृति ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रहको लोकार्पण गरिएको हो ।

नोबेल साकोस साहित्य केन्द्रले १३२ औं काव्यगोष्ठी शृङ्खलाकावीच संस्थाकी सदस्य इन्दिरा रेग्मीद्वारा रचित मुक्तक संग्रह अक्षरका अनुभूति लोकार्पण गरिएको हो ।कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार गोविन्दमानसिंह कार्की र बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् । बेलकोटगढी–११, अमारे स्थायी घर भएकी श्रष्टा रेग्मीको सो पहिलो कृति हो ।

कृति लोकार्पण कार्यक्रममा विभिन्न विद्याका साहित्यकारहरूले आआफ्नो रचना बाचन गरेका थिए । नोबेल साकोस साहित्य संस्था केन्द्रद्वारा प्रकाशित उक्त मुक्तक संग्रहमा १७७ मुक्तक समावेश छन् । कार्यक्रममा प्रमुख अतिथि कार्कीले उक्त कृतिमा महत्वपूर्ण र उत्कृष्ट मुक्तकहरू समेटिएकोमा खुशी व्यक्त गर्दै आगामी साहित्यिक यात्राको उचाईएको कामना व्यक्त गरे ।

कार्यक्रममा बेलकोटगढीका उपमेयर शिव दाहालले देशमा समावेशी विकासको एक महत्वपूर्ण माध्यम साहित्य क्षेत्र पनि रहेको उल्लेख गरे । उनले रेग्मीको लेखनप्रति प्रशंसा गर्दै रचनाहरू यसअघि पनि पढ्ने गरेको बताउँदै कृति प्रकाशन गरेकोमा बधाई दिँदै नगरपालिका तर्फबाट विद्यिसम्मत सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

संस्थाका सुशीला ढकालअधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू प्रभात दीक्षित, पुष्पप्रसाद लुइँटेल, धु्रर्व गजुरेल, निर्मलरमण पराजुली, दामोदर ढकाल, नुवाकोट साहित्य संगमकी अध्यक्ष सुमित्रा सुमीलगायत २५ जना भन्दा वढि श्रष्टाहरुले साहित्यको प्रवद्र्धनवाटै समाज परिवर्तनको बाटो खुल्ने वताए । कार्यक्रममा लेखक रेग्मीले आफ्नो पहिलो कृति भएकाले पाठक तथा साहित्यकारहरूबाट सकारात्मक सुझावको अपेक्षा गरिन् । उनले आफ्ना मुक्तकसहित पहिलो कृति आफ्ना स्वर्गीय पिता लीलानाथ न्यौपानेप्रति समर्पित गर्दै गजलसमेत प्रस्तुत गरिन् ।

























































