आकस्मिक वर्षातसंगै डांडाहरुमा हिमपात

– उच्च भेगमा हिमपात, किसानलाई खुसीयाली 
लोकखबर
२०८२ चैत्र २५, बुधबार २३:२०

बिदुर – मौसम परिवर्तनसंगै आकस्मिक वर्षात्का कारण नुवाकोटको विभिन्न स्थानमा असिनासंगै हिमपात भएको छ । यसवाट किसानहरु खुसी भएका छन् ।  कतिपय स्थानमा असिना तथा हिमपात भएको स्थलगत रुपमा हेर्नका लागि आन्तरिक पर्यटकहरु हिउं परेको स्थानमा पुगिरहेका छन्  ।

नुवाकोटको किस्पाङ, ककनी, दुप्चेश्वर, तारकेश्वर, तादी, शिवपुरीलगायतका स्थानको उच्च भेगमा वुधवारदेखि असिनापानी र उच्च स्थानमा हिमपात भएको छ । हिमपात हेर्नका लागि पर्यटकहरु पुगिरहेका छन् । हिमपात हेर्न र  खेल्न जानेहरुको भीड वढेको छ ।  मकै रोप्ने मौसममा वर्षात भएपछि सर्वसाधारण निकै खुसी भएका छन् ।

हिउंदे पानीसंगै हिउं परेर चिसो वढेपछि सर्वसाधारण दाउरा वालेर आगो तापिरहेका छन् ।  प्रसिद्ध ककनी, शिवपुरीमा पानीका कारण चिसो वढेको छ । जाडोयाम सकिने वेलामै पानी परेपछि नुवाकोटका उच्च भेगमा  हिमपात भएको हो ।  जाडोयाममा अकस्मात पानी परेर उच्च क्षेत्रमा हिमपात भएपछि नुवाकोटको जनजीवन प्रभावित भएको छ ।

नुवाकोटको पर्यटकिय ककनी, सिक्रे, माथिल्लो भाल्चे, फिकुरी, काहुले, घ्याङफेदी, उर्लेनी, घ्याङफेदीमा पानी परेका कारण हिमपात भएको हो ।  हिमपात भएपछि नुवाकोटबासीमा खुसीयाली र कष्ट दुवै छाएको छ ।  वालीहरु, अन्न तथा तरकारीको खेति गरेका किसानहरु निकै खुसी भएका छन् भने उच्च क्षेत्रमा हिउं परेपछि स्थानीयवासीलाई कष्ट भएको छ ।

हिमपातपछि  हिंउ हेर्न नुवाकोटका उच्च क्षेत्रका आसपासका सर्वसाधारण उच्च भेगमा पुगिरहेका छन् । अन्य कतिपय स्थानहरुमा समेत हिमपातको सम्भावना रहेको स्थानीयवासीले वताएका छन् ।


सर्वाधिक रुचाइएको