तारकेश्वरका विद्यालय सन्चालन
बिदुर – केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर, नुवाकोटका कतिपय विद्यालय सन्चालन भएका छन् । नुवाकोटका केहि स्थानीय तहले शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सन्चालन गरिएको वताएका छन् ।

विद्यालय सन्चालन गरि भर्ना, प्रशासनिक कार्य तथा पठनपाठन सुरु गरेका छन् । यसअघि नै सरोकारवालाले शिक्षा मन्त्रीलाई भेटेर १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णयमा ध्यानाकर्षण गराइसकेको थियो । स्थानीय तहले विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गरेका हुन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । यद्यपि, स्थानीय तहले भर्ना र पठनपाठनको कार्य सुरु गरेका हुन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाले शैक्षिक कार्यतालिका पहिले नै तय भइसकेको अवस्थामा विद्यालयले भर्ना र पठनपाठन सञ्चालन गरेको जनाएको छ ।संविधानअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएकाले शैक्षिक सत्र सुरु गरिएको उक्त गापाले जनाएको छ । ‘तारकेश्वर गापा अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालले भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न/गराउन सम्बन्धित सबैमा यसअघि नै निर्देशनसहितको सूचना जारी गरिसकिएको छ,’ तारकेश्वर गापा अध्यक्ष शिव अधिकार िअविरलले वताए ।

आफ्नो निर्देशन अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिकाका विद्यालयहरु संचालनमा आएको उनले वताएका छन् । अध्यक्ष अधिकारीले तय भइसकेको शैक्षिक क्यालेण्डर अनुसार विद्यालय संचालन गर्न निर्देशन दिएसँगै सो गाउँपालिकाका सामुदायिक विद्यालयहरु संचालनमा आएको वताएका हुन् । गापा अध्यक्ष अधिकारीको निर्देशन अनुसार बिद्यालय खोलेर विद्यार्थीहरूलाइ सिर्जनात्मक र व्यवहारिक ज्ञान दिइएको शिक्षकहरुले बताए ।

अध्यक्ष अधिकारीले २०८३ सालको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रम सहितको शैक्षिक क्यालेण्डर पहिले तयार भइसकेको अवस्थामा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले तय भइसकेको वार्षिक शैक्षिक क्यालेण्डर प्रभावित हुने भएपछि तारकेश्वर गापाका शैक्षिक संस्थाहरु खोल्न चार वुंदे निर्देशन दिएका थिए । संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने निर्णय भएको सन्दर्भमा तारकेशवर गापा अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका अधिकारीले यसअघि नै तारकेश्वर गापा भित्रका शैक्षिक संस्थाहरूका लागि चार बुँदै निर्देशन दिँदै विद्यालय खोल्न सबै शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका थिए ।

अध्यक्ष अधिकारीले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिका भित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन गर्दैै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन भनेपछि विद्यालयले सोही अनुसारको कार्यक्रम संचालन गरेका हुन् । विद्यार्थीहरुलाई बुक फ्रिडे अन्र्तगतका अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरिएको हो ।














































