मेयर कप राष्ट्रिय व्याडमिन्टन सुरु
बिदुर – व्याडमिण्टन खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा प्रथम विदुर मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको दुई सय जना खेलाडिहरुको सहभागितामा विहिवार सुरु गरिएकोे आयोजक बिदुर नपा कार्यालले जनाएको छ । नुवाकोट ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सन्चालन भएकोे प्रतियोगिताको वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले उद्घाटन गरे ।

उनले सामाजिक परिवर्तन, विकास र अनुशासनका लागि खेलकुद उपयुक्त माध्यम भएको वताए । लामाले खेलकुदले अनुशासन, सहकार्य र एकताको भावना विकास गर्ने बताए । यस प्रकारका प्रतियोगिताले खेलाडीको पहिचान, उत्पादन र प्रतिभा विकासमा टेवा पुग्ने उनको भनाइ रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले खेल पूर्वाधारसँगै खेल प्रतिभाको पहिचान र प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा राखे । विदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङका अनुसार प्रतियोगितामा सहभागी खेलाडीका लागि आवश्यक बसोबास र खानपानको व्यवस्थासमेत गरिएको छ ।

तीन दिनसम्म सन्चालन हुने प्रतियो्गितामा विभिन्न नौ वटा विद्यामा विजेता, उपविजेता तथा तृतीयले नगद पुरस्कार थाप्नेछन् । बिदुर नपा २ स्थित बट्टार ब्याडमिन्टन कभर्ड हलमा सन्चालित उक्त प्रतियोगितामा एकसय ९३ जना खेलाडिहरुले विभिन्न विद्यामा प्रतिस्पर्धा गरिरहेको व्यवस्थापक नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले जानकारी दिए । उक्त प्रतियोगितामा महिला तथा पुरुषका छुट्टाछुट्टै खेल सन्चालन गरिएको छ ।

प्रतियोगितामा पुरुष एकल खुल्लातर्फका विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार पाउनेछन् । सोही प्रतियोगितामा महिला तथा पुरुष डवल खुल्लातर्फका विजेताले पनि नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार पाउनेछन् । प्रतियोगितामा नेपाल व्याडमिण्टन महासंघ काठमाडौंको प्राविधिक सहयोग र जिल्ला समन्वय समिति नुवाकोटले समन्वय गरेको छ ।

यस प्रतियोगिताले नुवाकोटमा खेल पर्यटनको उजागर हुने विस्वास लिइएको बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए । उनले यसवाट व्याडमिन्टन खेलको विस्तार तथा प्रवद्र्धन हुनुका साथै खेलाडिहरुवीच पुर्नमिलनसमेत भएकोे बताए । मेयर राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रतिनिधि, वडाध्यक्ष तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।
यहि बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला डबल, पुरुष डबल, मिक्स डबल, ‘बी’ लेभल र भेट्रान्स (९०+) सहित नौ विद्यामा प्रतिस्पर्धा भइरहेको छ । यस प्रतियोगिताले नुवाकोटमा खेलकुद गतिविधि विस्तार गर्दै नयाँ खेल प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ ।






















































