हावाघरमा हाटवजार सन्चालन

उपभोक्ताहरुलाई सुविधा
लोकखवर आर्थिक संवाददाता
२०८३ बैशाख १४, सोमबार ०१:०३

बिदुर – नुवाकोटको बट्टारस्थित हावाघरमा हाटवजार सुरु भएको छ । विदुर नगरपालिका–४ बट्टार हावाघरमा कृषि हाटबजार सञ्चालनमा आएको हो । हावाघरस्थित उद्यानमा हाटबजार आइतवार सञ्चालन गरिएको हो । उपभोक्तालाई सुविधा पुगेको छ ।

उक्त हाटबजार प्रत्येक आईतबार बिहान ७ देखि ११ बजेसम्म सन्चालन गरिने छ । यसअघि, उक्त हाटवजारको कार्यक्रमकाबीच बिदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका हुन् । विदुर नगरपालिका मार्फत सञ्चालनमा रहने उक्त ’कृषि हाटबजार केन्द्र’ मा स्थानीय कृषि उतपादन, हस्तकला, घरेलु उद्योगको उत्पादनलाई सरल, सहज र सहुलियत दरमा उपभोक्ता समक्ष पु¥याउने उद्देष्यले सञ्चालन गरिएको मेयर श्रेष्ठले वताए ।

सो हाटवजार प्रत्येक हप्ता नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको उपमेयर प्रभा बोगटीको भनाई छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, बिदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विभिन्न स्थानको किसान, उद्यमी, उपभोक्ता, नगरपालिकाको निर्वाचित जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

हाटवजार नुवाकोटको बिदुर नपा ९ कोलोनीमा प्रत्येक शनिबार बिदुर ९ को वडा कार्यालय परिसर र आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म बट्टार हावाघरमा सन्चालन हुनेछ । सो हाटबजारमा स्थानीय किसानले आफूले उत्पादन गरेका तरकारी, फलफूल र अन्य खाद्यान्न सिधै उपभोक्तालाई बिक्री गर्न थालेका छन् ।

यसले बिचौलिया कम हुने र किसानले उचित मूल्य पाउने अपेक्षा गरिएको छ । विदुर नपा कार्यालय र लायन्स क्लबको सहकार्यमा सुरु गरिएको सोे हाटबजारले स्थानीय उत्पादन बढाउन, कृषि प्रणालीलाई मजबुत बनाउन र ग्रामीण अर्थतन्त्रलाई टेवा दिन सहयोग गर्ने विश्वास लिइएको छ । उपभोक्ताले पनि ताजा, सफा र अर्गानिक उत्पादन सजिलै पाउने भएकाले यसले स्वस्थ जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । किसान र उपभोक्तावीच सोझै उत्पादन किनवेचको माध्यम हाटवजार रहेको छ ।


सर्वाधिक रुचाइएको