किसानहरुलाई कृषि उपकरण
– कृषि समूहमा आवद्धलाई हस्तान्तरण
बिदुर – कृषि उतपादनको क्षेत्रका रुपमा रहेको नुवाकोटको बेलकोटगढीमा किसानहरुलाई अनदानमा कृषि उपकरण प्रदान गरिएको छ । यसवाट किसानहरुलाई निकै सुविधा पुगेको छ ।

बेलकोटगढी नगरपालिका ७ महादेवफांंटस्थित जनजागरण तरकारी कृषक तथा महिला उद्यमी समूहलाई विभिन्न तीन प्रकारका कृषि उपकरणहरु प्रदान गरिएको हो । बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले कार्यक्रमकावीच ति उपकरणहरु हस्तान्तरण गरे ।

बेलकोटगढी नपाको समन्वयमा बाग्मती प्रदेश सरकार कृषि बिकास कार्यालय नुवाकोटद्वारा कृषि उत्पादन मा सहजिकरणका लागी २० थान स्प्रेयर, नौ थान हाते ट्रयाक्टरलगायतका सामग्रीहरु ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको हो । उक्त कृषियन्त्र हस्तान्तरण गर्दै बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले किसानहरुलाई सुविधा पुग्नुका साथै आधुनिक प्रविधिवाट उत्पादनमासमेत वढोत्तरी हुने वताए ।






















































