पन्चकन्याको चिया ब्राण्डसहित सार्वजनिक
बिदुर – नुवाकोटको पञ्चकन्या गाउँपालिकामा उत्पादित चिया व्राण्डिङ गरिएको छ । पन्चकन्या गापाले आफ्नै उत्पादनको अर्गानिक चिया ‘घ्याङस्वारा’ व्राण्डिङसहित सार्वजनिक गरेको हो । पन्चकन्यामा आयोजित विशेष कार्यक्रममा पहिलो पटक उक्त ‘घ्याङस्वारा’ चिया ब्रान्डसहित सार्वजनिक गरिएको हो ।

पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले उक्त चिया सार्वजनिक गरे । उनले यसवाट पन्चकन्यामा चियाको उत्पादन सफल भएको प्रमाणित भएको वताए । उनले यसलाई व्राण्डिङ गरिएको र व्यवसायिक प्रवद्र्धनसमेत सुरु गरिएको वताए ।

चिया सार्वजनिक कार्यक्रममा गापा उपाध्यक्ष बिमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका तथा गाउँसभा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, राजनीतिक दल तथा गैह्रसरकारी संस्थाका प्रतिनिधिहरूले चियाको व्यवसायिकरणमा जोड दिएका थिए । पन्चकन्या गापा कार्यालयका अनुसार ‘घ्याङस्वारा’ अर्गानिक चिया स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै कृषिमा आधारित आत्मनिर्भरता बढाउने लक्ष्यसहित सुरु गरिएको हो ।

स्थानीयस्तरमै उत्पादन र प्रशोधन गरिएको यस चियाले पञ्चकन्याको पहिचान स्थापना गर्नुका साथै किसानको आम्दानी वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पन्चकन्या गापाले आगामी दिनमा यस उत्पादनलाई थप विस्तार गर्दै बजारिकरणमा जोड दिने योजना समेत अगाडि सारेको छ । पञ्चकन्यामा गाउँपालिकाको आफ्नै उत्पादन घ्याङस्वारा अर्गानिक चिया सार्वजनिक गरिएको हो ।

कार्यक्रममा घ्याङस्वरा अर्गानिक चियाको प्याकेटमा लगाइएको रिबन काटेर औपचारिक रुपमा व्राण्डिङसहित सार्वजनिक गरिएको थियो । पन्चकन्या गापाको योजना, श्रम, मेहनत र सफलताको यात्रालाई नयाँ उचाइमा पु¥याएको गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले वताए । तीन वर्षअघि सुरु गरिएको सो अभियानले चिया उत्पादनको चरणमा पुगेर स्थानीय स्तरमा रोजगारी सिर्जना, कृषि उद्यमशीलता विकास तथा पर्यटन प्रवद्र्धनतर्फ महत्वपूर्ण सन्देश दिएको उपाध्यक्ष विमला पाठककेसीको भनाई छ ।

कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई घ्याङस्वरा अर्गानिक चिया खुवाइएको थियो । कार्यक्रममा लक्की ड्रमार्फत ४ जना भाग्यशाली विजेताहरूलाई चिया उपहार प्रदान गरिएको थियो ।






















































