सडक दुर्घटना न्युनीकरण कार्यक्रम

– सडकमै चालकहरुको स्वास्थ्य परिक्षण
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख २२, मंगलवार ००:५५

बिदुर – वढ्दो यातायात दुर्घटना न्युनीकरण गर्न नुवाकोटमा विशेष कार्यक्रम सन्चालन गरिएको छ । सडकमार्गमै चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । सडक दुर्घटना रोकथाम जोखिम न्यूनीकरण कार्यक्रमअन्र्तगत नुवाकोटको छहरेमा सडक दुर्घटना न्यूनीकरणको लागि सार्वजनिक यातायातका चालक/सहचालकहरुको स्वास्थ्य परीक्षण, आँखा परिक्षण तथा सचेतना कार्यक्रम गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकीको आयोजनामा नुवाकोटको लिखु गाउंपालिकास्थित छहरेमा चालकहरुको स्वास्थ्य परिक्ष्०ाा गरिएको हो । उक्त स्थान नुवाकोटवाट काठमाडौं प्रवेशका लागि छोटो दुरीको मार्ग हो । जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अन्जु कार्कीको नेतृत्वमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा यातायात सुरक्षा तथा दुर्घटना न्युनीकरण सम्वन्धि सचेतनासमेत प्रदान गरिएको छ ।

सडक दुर्घटना रोकथाम जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालयसँगको समन्वयमा सन्चालित उक्त कार्यक्रममा ३२ जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । जसमध्ये २ जनाले लागू पदार्थ सेवन गरेको पाइएको डा. कार्कीले जानकारी दिइन् ।

चलकहरुमा उच्च रक्तचाप, मधुमेह तथा आँखा/दृष्टिमा समस्या रहेकोसमेत पाइएको छ । किटमार्फत लागू पदार्थ सेवन परिक्षण गरिएको हो ।

 


सर्वाधिक रुचाइएको