बेलकोटगढीमा पुर्ण खोप सुनिश्चितता

– तीनसय ६३ जना वालवालिकाले लगाए पुर्ण खोप
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ बैशाख २४, बिहीबार २३:४७

बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत बेलकोटगढी नपाको वाघखोरमा आयोजित कार्यक्रमकावीच समिक्षा गरिएको छ । पहाडि संरचना रहेको नुवाकोटको बेलकोटगढी चालु आवमा औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्राप्त नपा” भएको हो ।

कार्यक्रममा बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङल नपाको १३ वटै वडामा बालवालिकाहरुले निशिचत अवधिमा लगाउनु पर्ने खोपको मात्रा पुरा गरेको वताए ।उनले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार रहेका कारण यसको सम्वद्र्धन र प्रवद्र्धनका लागि सवै पक्षको हातमालो जरुरी रहेको वताए । जन्मेदेखि १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सम्पुर्ण खोप वालवालिकाहरुलाई प्रदान गरिसकिएको बेलकोटगढी स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा तीनसय ६३ जना वालवालिकाहरु रहेका छन् । यसका साथै १६ देखि २३ महिना उमेर समूहका सम्पूर्ण तीनसय ४८ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि वेलकोटगढीले पूर्ण खोप सुनिश्चितता र दिगोपनाको मापदण्ड पूरा गरेको स्वास्थय शाखा प्रमुख सत्येन्द्र साहले जानकारी दिए । कार्यक्रममा बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले नपा भित्रका सवै सरोकारवालाको साथ, समर्थन, समर्थन, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको वताए ।

उनले जन्मेदेखि १५ महिनासम्मका सवै वालवालिकाहरुले लगाउनु पर्ने सम्पुर्ण खोपको मात्रा पुरा गरेको वताए । यसका साथै स्थलगत अनुगमनका क्रममा खोप लगाउन छुट भएका वालवालिकाहरुको समेत पहिचान गरि खोपको मात्रा पुरा गरिएको छ । कार्यक्रममा सहभागीहरुले खोप सेवा स्थानीयस्तरमै पहुँचको समावेशिता र दिगोपनालाई निरन्तरता दिन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनीहरुले यसको प्रभावकारीताको निरन्तरता आवस्यक रहेकोसमेत वताए । उक्त कार्यक्रममा खोप सुनिश्चित घोषणामा योगदान पु¥याउने वडाहरूलाई सम्मान गरिएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरिएको छ ।


सर्वाधिक रुचाइएको