ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण
बिदुर – नुवाकोटको देवीघाटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । आवस्यक औषधिसमेत वितरण गरिएको छ । बिदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ३६ जनासहित ४० जनाको स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामासहित तीन जना चिकित्सकसहितको स्वास्थ्य टोलीले प्रतिष्ठानमा रहेका वृद्ध वृद्धाहरुको स्वास्थ्य परिक्षण गरि आवस्यक औषधि निःशुल्क वितरण गरेको प्रतिष्ठानका अध्यक्ष विष्णुराज नेपालले जानकारी दिए । उनका अनुसार देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र त्रिशूली अस्पतालको सहकार्यमा स्वास्थ्य परिक्षण गरिदै आएको छ ।

प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरूलाइ निःशुल्क रूपमा सुगर जाँच, प्रेसर जाँच, मानसिक समस्याको जाँचलगायत अन्य स्वास्थ्य जाँचहरू गरी धेरै समस्या भएकालाई त्रिशूली अस्पतालमै रिफर गरिएको छ ।






















































