दुप्चेश्वरमा आइतवार नियमित पठनपाठन

– वार्षिक शैक्षिक तालिका अनुसार सन्चालन
लोकखवर शिक्षा संवाददाता
२०८३ बैशाख २७, आईतवार ०१:२३

बिदुर – नुवाकोटको दुप्चेश्वर गाउंपालिकाले आइतवार नियमित पठनपाठन सन्चालन हुने जनाएको छ । संघीय सरकारले आइतबार बिदा दिने निर्णय गरेपनि दुप्चेश्वर गापामा नियमित पठनपाठन सन्चालन हुने गापाले जनाएको छ । दुप्चेश्वर गापा गाउँ कार्यपालिका बैठक मार्फत निर्णय गर्दै आइतबार पनि विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए ।

उनका अनुसार पहिले नै चालु शैक्षिक शत्रको शैक्षिक क्यालेण्डर तय भइसकेको अवस्थामा आइतवारको विदाले शैक्षिक अवधि पुरा नभई पठनपाठन प्रभावित हुने भएका कारण आइतवार नियमित विद्यालय सन्चालन गरिने निर्णय गरिएको हो । शैक्षिक गुणस्तर सुधार तथा सिकाइ उपलब्धि बढाउने उद्देश्यले गाउँपालिकाले आइतबार समेत पढाइ सञ्चालन गर्न प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीद्वारा सूचना जारी गर्दै विद्यालयहरुलाई पत्राचार गरिएको छ । नुवाकोटको स्थानीय तहबाट गरिएको यस निर्णयलाई शिक्षा सुधारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ ।


सर्वाधिक रुचाइएको