जिलिङमा निःशुल्क आंखा शिविर

– आंखा परिक्षण र चश्मा वितरण
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ बैशाख २७, आईतवार २३:४७

बिदुर – ग्रामीण भेगका विद्यार्थीहरुको सुविधाका लागि नुवाकोटको जिलिङमा रहेको विद्यालयमा निःशुल्क आंखा शिविर गरिएको छ । चश्मासमेत वितरण गरिएको छ ।
बेलकोटगढी नगरपालिका ८ वडा कार्यालयको समन्वयमा लायन्स क्लब अफ पोखरा माहलक्ष्मीको आयोजना तथा लायन्स क्लब अफ पोखरा ढुङ्गेसाघु, लायन्स अफ नुवाकोट आदर्शको सहयोगमा जिलिङस्थित कल्याणी माबिमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको हो ।

शिविरमा पांचसय जनाको आंखा परिक्षण गरि आवस्यक औषधि र चस्मा वितरण गरिएको हो । शिविरमा सुगर, प्रेसर परिक्षणका साथै विद्यार्थीहरुलाई निःशुल्क स्टेशनरी सामग्री तथा छात्रवृत्ति बितरण गरिएको हो । लायन्स क्लब अफ पोखरा महालक्ष्मीको आयोजनामा जिलिङस्थित कल्याणी माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति तथा स्टेसनरी सामग्री वितरण गरिएको हो ।

मानवीय सेवामा प्रति समर्पित हुदै लायन्स क्लबसंग सहकार्य गरि कार्यक्रम गरिएको बेलकोटगढी ८ का वडाध्यक्ष सुरेशलाल चित्रकारले जानकारी दिए । उनका अनुसार आर्थिक अबस्था कमजोर भएका ५ जना जेहेन्दार विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाको दरले छात्रबृत्ति समेत प्रदान गरिएको हो ।

सोही विद्यालयमा अध्ययनरत ४६ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको आयोजक क्लब पोखरा महालक्ष्मीका अध्यक्ष  रामप्रसाद खतिवडाले वताए । उनका अनुसार सम्पुर्ण बिद्यार्थी र अभिभावक गरि पांचसय जनाबमे आखा परिक्ष्णा गरि दुई सय जनालाई चस्मा र औषधि वितरण गरिएको हो ।


सर्वाधिक रुचाइएको