छात्राहरुलाई आत्मरक्षा प्रशिक्षण
– कराते सम्वन्धि ज्ञानसमेत
बिदुर– नुवाकोटको फिकुरीस्थित विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । कराते सम्वन्धि प्रशिक्षणसमेत दिइएको छ । किस्पाङ गाउंपालिका २ सातदोबाटोस्थित ज्ञानज्योति माविमा अध्ययनरत छात्राहरुलाई महिला आत्मरक्षा तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ ।
सो विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो । तालिममा ४७ जना छात्राहरु सहभागी भएका थिए । यस कार्यक्रममा क्यूकोसिन कान कराँते संघका प्रमुख धनबहादुर तामाङको टिमद्वारा आत्मरक्षा सम्बन्धि विभिन्न प्रशिक्षण गरिएको थियो ।











































