एसइइमा ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण

११ विद्यार्थीले ल्याए चार जिपिए, १२२६ विद्यार्थीले पाएनन् ग्रेड
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ २, शनिबार ००:२५

बिदुर – माद्यामिक शिक्षाको माथिल्लो खुड्किलोको रुपमा रहेको एसईई परीक्षामा नुवाकोटबाट यस वर्ष ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । विभिन्न दुई विद्यालयका ११ जना विद्यार्थीले चार जिपिए नतिजा ल्याएका छन् ।  गत चैतमा सम्पन्न भएकोे परीक्षामा नुवाकोटमा सवैतर्फ गरि तीन हजार ३ सय ५६ जना परीक्षाथी सहभागी भएकोमा ६३ दशमलव ४६ प्रतिशत उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

सवैभन्दा वढि अर्थात चारमा चार नै जिपिए ११ जना विद्यार्थीहरुले ल्याएका छन् ।  नुवाकोटमा गत वर्ष भने  ५९ प्रतिशत मात्र परिक्षार्थी उत्तिर्ण भएका थिए ।  उक्त तुलनमा यस वर्ष चार प्रतिशत वढि परिक्षार्थी उत्तिर्ण भएका छन् ।

परीक्षाको नतिजा अनुसार नियमिततर्फ र प्राविधिकतर्फ गरि दुईहजार एकसय ३० जना विद्यार्थीको नतिजाले पुर्णता पाएको कार्यालय प्रमुख रामचन्द्र इटनीले जानकारी दिए । उनका अनुसार एक हजार दुईसय २६ जना विद्यार्थीको नतिजाले पुर्णता नपाएको अर्थात् अनुत्तिर्ण भएका छन् ।  नतिजा अनुसार गत वर्षको तुलनामा यो वर्ष जिल्लामा ४ जीपीए ल्याउनेको संख्या बढेको हो ।

गत वर्ष चार जना विद्यार्थीले मात्र नुवाकोटमा चार जिपिए ल्याएका थिए ।  यस वर्ष विदुरको पृथ्वी माविका नौ जना विद्यार्थीहरुले चार जिपिए ल्याएर सर्वोत्कृष्ट भएका छन् ।  यस वर्ष विदुर नपाका ११ जना विद्यार्थीहरुले चार जिपिए ल्याएका हुन् ।

जसमध्ये नौ जना एकै विद्यालय पृथ्वी मावि र एक जना सुभेनियर वोर्डिङ स्कुल र एक जना सुर्यज्योती वोर्डिङ स्कुलका रहेका छन् । १२ स्थानीय तहमध्ये विदुर नपाका सातसय ५० जना अर्थात् ८२ दशमलव १५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड अर्थात् उत्तिर्ण, लिखु गाउपालिकाका एकसय ४३ अर्थात् ७८ दशमलव ५८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड, तादी गापाका  एकसय ३० जना अर्थात् ६४ दशमलव ०४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड, पन्चकन्या गापाका  एकसय ११ जना अर्थात् ६४ दशमलव ०० प्रतिशत विद्यार्थीहरु ग्रेडेड, ककनी गापाका  एकसय ७९ जना अर्थात् ६२ दशमलव ५८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड, र वेलकोटगढी नपाका  दुईसय ६५ जना अर्थात् ६० दशमलव ०९ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएको  शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ  ।

कार्यालयका अनुसार दुप्चेश्वर गापाका  एकसय ४२ जना अर्थात् ५२ दशमलव ०२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड, सुर्यगढी गापाका  एकसय ९ जना अर्थात् ५६ दशमलव ४७ प्रतिशत विद्यार्थीहरु ग्रेडेड, शिवपुरी गापाका  एकसय १२ जना अर्थात् ५२ दशमलव ३४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड,  म्यागङ गापाका  ७२  जना अर्थात् ४६ दशमलव ४५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड, तारकेश्वर गापाका  ६० जना अर्थात् ३४ दशमलव २८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड र किस्पाङ गापाका  ५७  जना अर्थात् ३३ दशमलव १३ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । गत वर्षको तुलनामा यस वर्ष नुवाकोटको शिक्षामा सुधार आएको कार्यालयले दावी गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) का लागि १२ स्थानीय तह रहेको नुवाकोटमा १९ परीक्षा केन्द्रमार्फत परिक्षा दिएका थिए ।  यस वर्ष ३६ दशमलव ५४ प्रतिशत अनुतिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ ।    एसइइमा नुवाकोटका एकसय ४० वढि विद्यालयका परिक्षार्थीहरु सहभागी थिए ।

यस वर्ष अनुत्तिर्ण भएकाहरुले आगामी असार १ गतेदेखि सुरु हुने परिक्षामा पुनः ग्रेड वृद्धि परिक्षा दिन पाउनेछन् । उनीहरुको विवरण संकलन गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ । गत २०८१ सालको एसइई परिक्षामा नुवाकोटमा २१ केन्द्रवाट तीनहजार ६ सय ७० जना परिक्षार्थी सहभागी भई ५८ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।

गत वर्ष २०८१ चैतमा भएको अघिल्लो वर्षको परीक्षामा नुवाकोटमा सवैतर्फ गरि तीन हजार ६ सय ७० जना परीक्षाथी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत अनुतिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ ।  एसईईको ग्रेडवृद्धि मौका परीक्षा आगामी असार १ गतेदेखि नौ गतेसम्म हुने र प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।


सर्वाधिक रुचाइएको