छालाका विरामीहरुको उपचार

– विशेषज्ञ सेवा प्रदान
लोकखबर
२०८३ जेष्ठ २, शनिबार २३:२८

बिदुर – नुवाकोटको त्रिशूलीमा छाला सम्वन्धि विरामीहरुको विशेषज्ञ उपचार गरिएको छ । यसवाट छालाका विरामीहरुलाई सुविधा पुगेको छ । त्रिशूली अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत शनिवार छाला रोग सम्बन्धी विशेष उपचार शिविर सन्चालन गरेको छ । ६३ जना बिरामीहरू सेवाबाट लाभान्वित भएको अस्पतालले जनाएको छ ।

बिदुर नपा ९ कोलोनीस्थित त्रिशूली अस्पतालमा सञ्चालन गरिएको विशेषज्ञ सेवा अन्तर्गत छाला रोगसम्बन्धी स्वास्थ्य शिविरबाट छाला सम्वन्धि समस्य भएका बिरामीहरू लाभान्वित भएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले जानकारी दिएका छन् । उक्त शिविरमा चिकित्सकसहितको स्वास्थ्य टोलीले छाला रोगसम्बन्धी समस्या भएका सेवाग्राहीहरूको परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको त्रिशूली अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अस्पतालले विशेषज्ञ सेवालाई थप विस्तार गर्दै बिदाको दिनसमेत निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ ।

 


सर्वाधिक रुचाइएको