पत्रकार सडकमा :

हेटौंडामा मागियो प्रेस स्वतन्त्रता

लोकखबर
१८ बैशाख २०७६, बुधबार ११:१२

मकवानपुर । मकवानपुरको हेटौंडामा पत्रकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माग गरेका छन् । पछिल्लो समय मुलुकमा समाचार लेखिएकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, थुन्ने लगायतका कार्य भइरहेको विरोध गर्दै हेटौंडामा  र्‍याली निकालिएको हो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश ३ पत्रकार महासंघले हेटौंडामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माग गर्दै प्रर्दशन गरेको हो । हेटौंडाको सिमाचोकदेखि सुरु  र्‍याली बुद्दचोक, पिपलबोट हुँदै मकवानपुर उद्योग वाणिज्य संघ अगाडीसम्म पुगेको थियो । पुन: सिमाचोकमा फर्किएपछि आयोजित कोणसभामा पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगरले पत्रकारलाई स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउँन सरकारसंग माग गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*