युवकमाथि धारिलो हतियार प्रहार

– घाइतेको काठमाडौंमा उपचार, आक्रमण गर्ने फरार
लोकखबर
२०८३ जेष्ठ ४, सोमबार ०१:३५

बिदुर – नुवाकोटको बेनडाँडामा धारिलो हतियार प्रहार गरि युवकमाथि आक्रमण भएको छ । घाइतेको काठमाडौमा उपचार भइरहेके छ भने आक्रमण गर्ने फरार रहेका छन् । बिदुर नगरपालिका १२ बेनडाँडामा ४५ वर्षिय लक्ष्मण खड्कालाई सोही स्थानका ४० वर्षिय सुरेन्द्र रिमालले धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाई फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

संगै वसेर मदिरा सेवन गरेका खड्का र रिमालवीच विवाद हुदै जांदा आक्रोशित भई रिमालले खड्कामाथि आक्रमण गरेको प्हरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । धारिलो हतियार प्रहारवाट सख्त घाइते भएका लक्ष्मण खड्कालाई तत्काल स्थानीयवासी, आफन्त तथा परिवारजनले उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट ल्याएकोमा थप उपचारका लागि काठमाडौ लगिएको डिएसपि लामाले वताए । घटनालगत्तै आक्रमणकारी रिमाल फरार भएकाले उनको खोजी भइरहेको छ ।

उक्त घटनास्थलमा प्रहरी चौकी देबीघाट नुवाकोटबाट प्रहरी सहायक निरीक्षक अरुण बैठाको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । घाईतेको टाउको, कान, र गर्धनमा काटेको चोट लागेको छ ।


सर्वाधिक रुचाइएको