तीनसय विद्यार्थीलाई पोशाक

– पुर्व विद्यार्थी लामिछानेले गरे हस्तान्तरण
लोकखबर
२०८३ जेष्ठ १०, आईतवार ००:१८

बिदुर – नुवाकोटको फलाटेस्थित एक विद्यालयमा अधययनरत सम्पुर्ण विद्यार्थीहरुलाई एक जना पुर्व विद्यार्थीले विद्यालय पोशाक प्रदान गरेका छन् । यसवाट विद्यार्थीहरु अध्ययनका लागि उत्साहित भएका छन् ।

सुर्यगढी गाउंपालिका ३ फलाटेस्थित बिनायक माविको वाल कक्षादेखि कक्षा १० सम्मका सम्पुर्ण तीनसय विद्यार्थीहरुलाई पूर्व विद्यार्थी तथा युवा व्यवसायी गोकर्ण लामिछानेले एक÷एक सेट विद्यालय पोशाक ट्रयाकसुट प्रदान गरेका हुन् । लामिछाने, उनकी धर्मपत्नी, मातापितासहित आफन्तजन उक्त विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

आफुले अध्ययन गरेको विद्यार्थीहरुलाई सानो सहयोग गर्न पाउंदा निकै सुखी लागेको युवाम लामिछानेले वताए । उनले आफुले यस प्रकारका सहयोगलाई निरन्तरता दिने वताए ।


सर्वाधिक रुचाइएको