विरामी वालिकालाई आर्थिक सहयोग

– उपचारका लागि रकम हस्तान्तरण
लोकखबर
२०८३ जेष्ठ १२, मंगलवार २३:३९

बिदुर – नुवाकोटको उत्तरी भेगमा रहेको सेराङकी एक वालिका लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यामा रहेका कारण आर्थिक सहयोग गरिएको छ । दुप्चेश्वर गाउँपालिका ७ का सेराङकी अनीता तामाङको स्वास्थ्य उपचारका लागि आथिएक सहयोग गरिएको हो ।  वालिकाको हाइड्रोसेफालुस रोगको उपचारका लागि शिक्षा र स्वास्थ्यमा क्रियाशील रुडेडक नेपाल र गुड नेवोर इन्टरनेशनल नेपालले आर्थिक सहयोग गरेको हो ।

दुवै संस्थावाट एकमुष्ठ दुई लाख ५२ हजार रुपैयाँ प्राप्त आर्थिक सहयोगले वालिकाको परिवारलाई उपचार खर्च व्यवस्थापन गर्न निकै सहज भएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनाई छ ।  उक्त सहयोगले विरामी वालिकाको औषधोपचार तथा दैनिक आवश्यक खर्च व्यवस्थापनमा सहयोग मिलेको छ । आर्थिक रूपमा विपन्न परिवारकी वालिका जटिल रोगबाट ग्रसित केही महिनादेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन् ।

उनको टाउकोको दोस्रो पटक जटिल शल्यक्रिया गरिएको छ । उनी हाल चिकित्सकको सल्लाहअनुसार पूर्ण रूपमा बेड रेस्टमा रहेकी छन् ।  उपचार प्रक्रिया लामो र खर्चिलो भएकाले उनको परिवार आर्थिक संकलनमा जुटेको थियो । उनीहरुले आर्थिक सहयोगको याचना गरेका छन् ।


सर्वाधिक रुचाइएको