तीन बिद्यालयका विद्यार्थीलाई झोला

– ९० विद्यार्थीले पाए झोलासहितको शैक्षिक सामग्री
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ १४, बिहीबार ००:२०

बिदुर – विद्यार्थीहरुलाई शैक्षिक जागरण गराउने उद्धेश्यले नुवाकोटको पशिचमी भेगमा रहेको तारकेश्वरको तीन वटा विद्यालयका विद्यार्थीहरुलाई एकैपटक शैक्षिक सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अधययनका लागि उत्साहित भएका छन् ।

तारकेश्वर गाउँपालिका ३ बदेली स्थित नमूना जनजागृती आधारभूत विद्यालयसहित तीन बिद्यालयका कुल ९० जना विद्यार्थीहरुलाई मायालु बालबालिका नेपालको तर्फबाट झोला तथा लेखन सामग्रीहरू बितरण गरिएको हो । झोला र कापी, कलम पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।


सर्वाधिक रुचाइएको