तादीमा उपाध्यक्ष कप छात्रा भलिवल प्रतियोगिता

– सुन्दरा मावि विजेता
लोकखवर खेल संवाददाता
२०८३ जेष्ठ १९, मंगलवार ००:५१

बिदुर – छात्राहरुलाई खेलप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको तादीमा सन्चालित छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेताले नगद पुरस्कार प्राप्त गरेका छन् ।  दोस्रो उपाध्यक्ष कप अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको विजेता सुन्दरा मावि भएको छ ।

उक्त विद्यालयले नगद ५० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।  उपविजेता रालुका माविले नगद ३५ हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । तृतीय भएको विज्ञान माविले नगद २५ हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

उत्कृष्टतर्फ सुन्दरा माविकी रश्मी तामाङ र रालुका माविकी लक्षि शेपाले पुरस्कार जिते । उनीहरु दुवै जनाले नगद जनही ६ हजार पांचसय पुरस्कार पाए ।   तादी गाउँपालिकाको समन्वय तथा ग्रीनतारा फाउण्डेशनको  आयोजनामा सन्चालित उक्त प्रतियोगिताको गापा अध्यक्ष सन्तमान तामाङले समापन गरे । उनले खेल क्षेत्रको विकासवाटै मानिसको शारिरीक तथा मानसिक चेतनाकोसमेत प्रवद्र्धन हुने वताए ।

अध्यक्ष तामाङले सामाजिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा आयोजकले पु¥याउँदै आएको सहयोग र योगदान प्रशंसनीय रहेको वताए । गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले छात्राहरुको खेल विकासका लागि आयोजित उक्त, प्रतियोगिताले खेल प्रतिभाको उजागर गरेको वताइन् ।  आयोजकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा शिक्षा, खेलकुद र युवा विकासप्रतिको सकारात्मक योगदानले विद्यार्थी तथा समुदायलाई थप प्रेरित गरेको उनको भनाई छ ।

प्रतियोगिता समापन कार्यक्रममा आयोजक ग्रीनतारा फाउण्डेशका  संस्थापक  टासीतेन्जीङ शेर्पा, फाउण्डेशका  अध्यक्ष बन्दीनिमा शेर्पा, वडाध्यक्ष अश्विनकुमार पाण्डे, कार्यपालिका सदस्यहरु, नेकपा तादी गापाका  संयोजक तथा बागमती प्रदेश समिति सदस्य रोशन श्रेष्ठलगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, अमरज्योति प्राविधिक विद्यालयका  प्रधानाध्यापक सुरेन्द्र अधिकारी, सुन्दरादेवी माविका प्रअ राजन पाठक, अन्य सहभागि विद्यालयका  प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको