सामुदायिक स्वास्थ्य भवन निर्माण

– तादी गापालाई हस्तान्तरण
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ जेष्ठ २८, बिहीबार ०१:५५

बिदुर – गाउंवासी सर्वसाधारणको स्वास्थ्य सेवाका लागि नुवाकोटको तादीमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण गरिएको छ । भवन निर्माणसंगै स्वास्थ्य सेवासमेत सुरु गरिएको छ । तादी गाउँपालिका ६ मा नेपाल ग्रीन तारा फाउन्डेसनको आर्थिक सहयोग तथा तादी गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न भएको सामुदायिक स्वास्थ्य इकाइ भवनको उदटन तथा हस्तान्तरण गरिएको हो ।

तादी गापालाई फाउण्डेसनले भवनको उद्घाटनसंगै हस्तान्तरण कार्य सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि तथा वागमति प्रदेश सभा सदस्य राधिका तामाङले नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरेकी हुन् । स्वास्थ्य सेवा मानवको नैसिर्गिक अधिकार भएका कारण यसको प्रवद्र्धनका लागि भवन निर्माण भएको वताइन् ।

कार्यक्रममा तादी गापाका अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्षसञ्जु प्याकुरेलश्रेष्ठ, तादी ६ का वडाध्यक्ष सिरिमान तामाङलगायतले गाउंवासीको स्वास्थ्य सेवाको प्रभावकारितामा जोड दिए । सोही कार्यक्रममा नेपाल ग्रीन तारा फाउन्डेसनका अध्यक्ष बन्दीनिमा शेर्पा, संरक्षक तथा संस्थापक टासीतेन्जिङ शेर्पालगायत फाउन्डेसनका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व तादी गापा अध्यक्ष नारायणप्रसाद पाण्डे, नेकपाका नेता रोशन श्रेष्ठ, पूर्व गापा उपाध्यक्ष ईश्वरी उप्रेतीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा सरोकारवालहाहरूको उपस्थिति रहेको थियो ।

स्थानीय नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरणसंगै गाउंवासी निकै खुसी भएका छन् । सो महत्वपूर्ण स्वास्थ्य पूर्वाधार निर्माणका लागि नेपाल ग्रीन तारा फाउन्डेसन प्रति तादी गापाले आभार व्यक्त गरेको छ । सो स्वास्थ्य इकाइले तादी गापा ६ लगायत आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गरी समग्र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको गापा अध्यक्ष सन्तमान तामाङको भनाई छ ।


सर्वाधिक रुचाइएको