शोध समिक्षा कार्यक्रममा सम्मान

– स्व. पण्डितको योगदानको स्मरण
लोकखबर
२०८३ श्रावण ३१, आईतवार २२:५५

बिदुर – शिक्षाप्रेमी तथा पूर्व सांसद स्व. गणेश पण्डितको जन्मजयन्तीका अवसरमा शोध समिक्षा कार्यक्रम गरिएको छ । कार्यक्रममा सम्मानसमेत गरिएको छ । पूर्व सांसद, वामपन्थी नेता एवं शिक्षासेवी स्व. गणेश पण्डितको ८० औँ जन्मजयन्तीको अवसरमा शोध समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गणेश पण्डित स्मृति केन्द्र नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रा. डा. सुधा त्रिपाठीले स्व. पण्डितले गर्नुभएको शिक्षा, विकास तथा परिवर्तनको योगदानको स्मरण गर्दै पण्डितलाई सदा नेपालीजनले स्मरण गरिरहने वताइन् ।

सो कार्यक्रममा दुईवटा शोधपत्र प्रस्तुत गरिएका थिए । कमला महतद्वारा तयार पारिएको ’कौलापानी कविता सङ्ग्रहका कवितामा समाजवादी यथार्थवाद’ विषयक शोधपत्रमाथि उप–प्राध्यापक ऋषिराम खनाल र नारायण नेपालद्वारा तयार पारिएको ’नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितः एक अध्ययन’ विषयक शोधपत्रमाथि नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समीक्षा गरेका हुन् । उक्त कार्यक्रममा सोधार्थी कमला महत र नारायण नेपाललाई सम्मानित गरिएको हो ।आयोजक तथा कार्यक्रमका प्रमुख अतिथीले महत र नेपाललाई दोसल्ला ओढाउनुका साथै नगदद्वारा पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा वक्ताहरूले नुवाकोटको दुप्चेश्वर गाउंपालिका शिखरबेशी घर भएका नेता पण्डितले राष्ट्रिय राजनीति र समाजसेवामा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । शोध समीक्षा एवं सम्मान कार्यक्रमका प्रमुख अतिथि डा. सुधा त्रिपाठी सम्मानित सोधार्थी कमला महत, नारायण नेपाल, समिक्षक लेखनाथ न्यौपाने, सिमाविद रतन भण्डारी, उत्तम अधिकारी, रामेश्वर अधिकारी, बलराम फुयाँल, प्रभुनारायण बस्नेत, कुमार पण्डित, राजकुमार पण्डित, सावित्री पण्डित लगायतलगायतले स्व. पण्डितको योगदानको स्मरण गरेका थिए ।


सर्वाधिक रुचाइएको