दुुप्चेश्वर धाम वन्यो देशकै प्रमुख तीर्थस्थल
बिदुर – पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर धाम देशकै प्रमुख तीर्थस्थलको रुपमा विकसित हुंदै गएको छ । एकैदिन हजारौं भक्तजनहरुले धाममा पुजाआजा गर्ने गरेका छन् । साउन महिनाको अन्तिम शनिबार र आइतवार दुप्चेश्वर धामममा हजारौं तीर्थालुले पुजाआजा गरेका छन् । वेलुकी अवेरसम्म भत्तलजनहरुको निकै घुंइचो लागेको थियो ।

नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा पूजा–आराधना तथा दर्शन गर्न आउने हजारौं भक्तजनको घुइँचो लागेको थियो । एकैदिन लाखौं रुपैया भेटी संकलन भएको छ । साउनमा भगवान् शिवको पूजा–आराधना गर्ने धार्मिक परम्पराअनुसार शनिवार र आइतवार बिहानदेखि वेलुकासम्म दुप्चेश्वर धाममा हजारौं भक्तजनको वाक्लो उपस्थिति रहेको थियो । भक्तजनहरूले एकसय आठ धारामा स्नान तथा मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै शनिवार, आइतवार, सोमवार तथा अन्य विदाको दिन भक्तजनहरुको विशेष भीड लाग्ने गरेको छ । दैनिक रुपमा हजारौं भक्तजनहरु दुप्चेश्वर धाममा पुगिरहेका छन् ।

दुप्चेश्वर धाममा यहि साउनको पांचौं अर्थात् अन्तिम शनिवार हजारौं भक्तजनहरुले दुप्चेश्वर धाम पुगेर पुजापाठ तथा दर्शन गरेको दुप्चेश्वर विकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर धाम हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ । दुप्चेश्वर गापा ६ करेजुङको पहरामा रहेको दुप्चेश्वर धाममा शनिवार मात्रै एकैदिन १५ हजार भन्दा वढि भक्तजनले एकैदिन दर्शन र पुजाआजा गरेका छन् । पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु दुप्चेश्वर पुगिरहेका छन् ।

हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् । दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ । आकर्षक तथा मनमोहक स्थल तादी नदीको पुर्वी किनाराको पहाडमा अवस्थित दुप्चेश्वरमा साउनको शनिबार एकैदिन पांचलाख वढि भेटी संकलन भएको छ । दुप्चेश्वर धाममा शनिवार पांचलाख २३ हजार ५१ रुपैया रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संकलित भेटीमध्ये मन्दिरमा राखिएको क्युआर कोडमार्फत दुईलाख ६ हजार एकसय ११रुपैया तथा मध्यान्ह आरतीमार्फत एकलाख १२ हजार आठसय ३५ रुपैया भेटी संकलन भएको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार लिखु गापा १ ढिकुेरेका पुर्णलाल श्रेष्ठले दुप्चेश्वर धामम हवन कुण्ड निर्माणका लागि एकलाख ५० हजार रुपैया प्रदान गरेका छन् । दुप्चेश्वर धाममा आइतवारसमेत भक्तवनहरु बढेका थिए । साउनको अन्तिम दिन भएका कारण भक्तजनहरु वढेका हुन् ।

दुप्चेश्वर धाममा आइतवार एकलाख १८ हजार आठसय ६५ रुपैया भेटी संकलन भएको छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आगमनमा बढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।
दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् । तीन वर्षदेखि दुप्चेश्वर धामवाट भक्तजनहरुले चढाएको भेटी दैनिक संकलन गरि प्रत्येक दिन बेलुकी ५ बजे दुप्चेश्वर धाम परिसरमा सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो वर्षदेखि दुप्चेश्वर धाममा भक्तजनको उपस्थिति वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार सक्रियतापुर्वक लागिरहेको छ । दुप्चेश्वर धाममा पछिल्लो समय भक्तजनहरु वढिरहेकोले देशकै प्रमुख तीर्थस्थलको रपमा विकसित भइरहेको छ । प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुको आगमन वढिरहेको दुप्चेश्वर गापा कार्यालयका भुपेन्द्र केसीको भनाई छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ ।

करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव धाममा शनिवार सात हजार वढि भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् । दुप्चेश्वरमा भक्तजनहरु र भेटी संकलन दुवै वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

यातायात साधन र सुलभ वाटो रहेका कारण नुवाकोटको तीर्थालुहरु वढेर प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा धेरै भेटी रकम सङ्कलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । दुप्चेश्वर धाममा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।














































