जिल्लास्तरिय निवन्ध लेखन प्रतियोगिता

– भट्टराइले जिते उपाधि
लोकखवर शिक्षा संवाददाता
२०८३ भाद्र १, सोमबार २३:३२

बिदुर – बिद्यार्थीहरुलाई शैक्षिक जागरुक गराउने उद्धेश्यले नुवाकोटमा जिल्ला स्तरीय अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगिता गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो । गेर्खुस्थित फुलवारीमा सम्पन्न प्रतियोगितामा नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलका अभिषेक भट्टराई प्रथम भएका छन् ।

प्रतियोगितामा गणेश भ्यू बाटिकाका राजकुमार तामाङ द्वितीय भए । तादी भ्यू एकेडेमीका सलिना भण्डारीले तृतीय र नर्थ स्टारका सन्दिप पन्तले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । प्याब्सन नुवाकोटले प्रत्येक महिनाको अन्तिम आइतबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विद्याहरुमा प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।

जस अन्तर्गत यहि भदौ २८ गते आइतवार जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य र एकल गायन प्रतियोगिता आयोजना गरिएको प्याव्सन नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको