प्रशिक्षक प्रशिक्षण कार्यक्रम सन्चालन
– ३३ जनाको सहभागिता
बिदुर – आधुनिक तथा प्रभावकारी शिक्षका लागि नुवाकोटको बिदुरमा प्रशिक्षक प्रशिक्षण तालिम सन्चालन गरिएको छ । विभिन्न स्थानीय तहका विद्यालयका शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको छ । विदुर नगरपालिका र रुडेक नेपालको सहकार्यमा सन्चालित उक्त तालिमको बिदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उनले प्रभावकारी शिक्षा प्रणाली अवको आवस्यकता भएको वताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटका एकाई प्रमुख सुर्यबहादुर खत्री, नुवाकोटका विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तीन दिन सम्म चल्ने आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम तालिममा नुवाकोटका विभिन्न स्थानीय तहबाट ३३ जना प्रशिक्षकको सहभागिता रहेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।
























































